नेताले अदालतमा भने : मैले लगाएको अण्डरवेयर ५० वर्ष पुरानो

thभ्रष्टाचारको आरोपमा पक्राउ परेका एक नेताले अदालतसामु आफुमाथिको आरोपको खण्डन गर्ने क्रममा निकै नै चोटिलो शाव्दिक प्रमाण पेश गरे । भ्रष्टाचार गरेर निकै भव्य तथा शयलपूर्ण जिवन बिताउने गरेको आरोप लागेका ती नेताको कथन थियो-म सामान्य मान्छे हुँ, मलाई ऐश आराममा कुनै शोख छैन, मैले लगाएको भित्री सुरुवाल (लंग जोन्स) समेत ५० वर्ष अघि किनिएको पुरानो सुरुवाल हो ।

यस्तो जिकिर गर्ने नेता हाम्रो देशका भने होइनन् । चीनका कुनै बेला निकै चर्चामा रहेका र भावी राष्ट्रपतिको रुपमा समेत हेरिएका तथा गतवर्ष भ्रष्टाचारको आरोपमा पक्राउ परेर मुद्दा खेपिरहेका बो जिलाइले यस्तो जिकिर पेश गरेका हुन् ।

 

उनी र उनको परिवारले निकै तडकभडकपूर्ण जिवनशैली अपनाएको, उनका निजि विमान समेत रहेको, फ्रान्समा आलिशान महल रहेको तथा उनका परिवारले दुर्लभ जिवजन्तुको मासु लगायतका परिकार खाने गरेको लगायतका अभियोगको उनले खण्डन गरे ।

जिनानस्थित अदातमा चलिरहेको सुनुवाइका क्रममा बो ले सोमबार इजलाश समक्ष बोल्दै भने, ‘मलाई राम्रा कपडा लगाउने कुनै चाहना हुँदैन ।

मैले अहिले लगाएको भित्री कट्टु मेरी आमाले सन् १९६० मा मलाई किनिदिनुभएको हो । आफुले विदेशमा बनेका कपडा लगाउने गरेको कुरा अस्विकार गर्दै उनले भने, मैले लगाएको ज्याकेट र शुट दालियानको जिन्जिनस्थित कपडा कारखानामा बनेका हुन्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको