बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि १० अर्व १७ करोड रकम विनियोजन

budi-gandaki-hydro

काठमाडौं, १५ जेठ । सरकारले गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि १० अर्व १७ करोड रकम विनियोजन गरेको छ ।

सोमबार व्यवस्थापिका–संसद्को बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले ‘आर्थिक वर्ष २०७४/७५ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै १२ सय मेगावट जलविद्युत निर्माणको लागि १० अर्व १७ करोड रकम विनियोजन गरेको बताए ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते नै बजेट पेस गर्नुपर्ने व्यवस्थानुसार उनले संसद्मा आज आगामी आवको बजेट प्रस्तुत गरेका हुन् । यसअघि राष्ट्रिय योजना आयोगका अध्यक्ष एवम् प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले आगामी आवको आयव्यय विवरण (बजेट) पारित गरेको थियो । आयोगले पारित गरेको बजेट मन्त्रिपरिषद्को आजैको बैठकले अनुमोदन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग