काठमाण्डाै । स्थानीय तह निर्वाचनको दोस्रो चरणमा तालमेल गर्न संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले अर्को मधेसी घटक राजपालाई आग्रह गरेका छन्। राजपा नेता महन्थ ठाकुरको सानो ठिमी निवासमा बिहीबार दिउँसो फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारले यस्तो प्रस्ताव गरेका हुन्।उनीहरुले मधेसी माग बमोजिम संविधान संशोधन गर्न सरकारले आफ्नो तर्फबाट सबै शक्ति लगाए पनि मतदान हुने घडीमा दुई तिहाई बहुमत पुग्न नदिन चलखेल भएको बताउँदै अब चुनावमार्फत् राजनीतिक एजेन्डा स्थापित गर्नुको विकल्प नभएको भन्दै ठाकुरलाई ‘जिम्मेवार निर्णयका लागि’ आग्रह गरे।
‘राजपालाई सँगै मिलेर चुनावमा जाऔं भनी आग्रह गर्न गएका हौं, संसदको अहिलेकै स्थितिमा हामीले मागेको संविधान संशोधन कठिन रहेको यथार्थ बुझिसकेपछि अब के गर्ने भन्नेमा स्पष्टता चाहिन्छ,’ फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘उहाँ (ठाकुर) ले आफ्नो एकीकृत नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता नभएको, चुनाव चिह्न नपाएको मूख्य समस्या राख्नुभयो।’ कामचलाउ सरकारका उपप्रधानमन्त्री गच्छदारले चिह्नबारे एकपल्ट आयोगसँग कुरा गर्न सकिने विकल्प सुझाएका थिए।
पहिलो चरणको चुनाव भइसकेको अवस्थामा तत्काल नयाँ चिह्न नपाए राजपा एकता अघिका ६ घटकमध्ये कुनै दलको चिह्न लिएर लड्ने विकल्पबारे पनि भेटमा छलफल चलेको थियो। वैशाख ७ गते एकीकृत राजपाले नयाँ चिह्न मागे पनि ढिला गरी प्रस्ताव गरेको भन्दै आयोगले दिएको छैन। ठाकुरले संविधान संशोधन अझै पनि मधेस आन्दोलनको बटमलाइन रहेकाले अहिलेकै अवस्थामा त्यसलाई छाडेर चुनावमा जान कठिन हुने जवाफ दिएका थिए। राजपा नेता जितेन्द्र सोनलका अनुसार यथास्थितिमा चुनावमा जान सकिने सम्भावना नरहेको दलको अडान छ।
‘संविधान संशोधन त भएन नै, मुद्दा फिर्ता पनि घोषणा भयो, कार्यान्वयन भएको छैन, स्थानीय तहको संख्या पनि मागे जति बढेन, बढेकामा पनि विवादित ढंगले बढाइयो,’ सोनलले भने, ‘यथास्थितिमा चुनावमा जान सकिन्न। हामी आन्दोलनको कार्यक्रम घोषणा गर्दैछौं।’ राजपा अध्यक्ष मण्डलका नेता महेन्द्र यादवले शुक्रबार बिहान दलको बैठक बस्ने, त्यसपछि संघीय गठबन्धन बैठक डाकेर आन्दोलन घोषणा गर्ने जानकारी दिए। ‘पार्टीभित्र चुनाव र आन्दोलनलाई लिएर विभिन्न विचार आएका छन्, तर पार्टीको निर्णय भोलि आउने छ,’ यादवले भने।
राजपा उच्च स्रोतका अनुसार चुनावमा जानेबारे पार्टीभित्र विवाद चर्किरहेको हुनाले आन्दोलनका कार्यक्रम घोषणा भए पनि ‘ती केही दिनका लागि सांकेतिक’ मात्रै हुनेछन्। ‘उपेन्द्रजी र गच्छदारजी चुनावमा जाने भइसकेपछि हामीलाई मात्रै एक्लै आन्दोलन उठाउन त्यसै पनि समस्या भइहाल्छ,’ एक उच्च नेताले भने, ‘तर केही नेताहरुको जोड दुई चार दिनका लागि मात्रै भए पनि आन्दोलन घोषणा गरेर जाऔं, त्यसपछि कुनै लिखित सहमति गरेर चुनावमा जाऔंला भन्ने छ।’ तर शीर्ष नेता ठाकुरले यस्तो प्रस्तावलाई खुलेर समर्थन गरिसकेका छैनन्।
उनले आन्दोलन र चुनावमध्ये कुनै एकमा जानुपर्ने, दुवैमा खुट्टा राख्न खोज्दा दुर्घटना हुन सक्ने बिहीबार शीर्ष नेतृत्वसित राखेपछि बैठक अनिर्णित भएको थियो। स्रोतका अनुसार यादव र गच्छदार चुनावलाई लिएर राजपाभित्र अनिर्णय र विरोधाभास देखिएकाले तालमेलका लागि एकपल्ट फेरि आग्रह गर्ने, नभए फोरम–लोकतान्त्रिक फोरमबीच तालमेल गर्ने योजनामा छन्। यादव र गच्छदारले यसको आन्तरिक तयारी गरिरहेको बुझिएको छ।
फोरम वर्चस्व रहेका ठाउँमा गच्छदारले सघाउने, लोकतान्त्रिक फोरम अगाडि रहेका ठाउमा यादवले सघाउने गरी तराई मधेसका ठूला जातीय समूदाय यादव र थारुको समीकरण मिलाउन उनीहरु सक्रिय रहेका हुन्। यादव निकट स्रोतले तालमेलबारे कुराकानी जारी रहेको पुष्टि गर्यो। यसबारे सोध्दा फोरम अध्यक्ष यादवले भने, ‘हामी त चुनावमा गइसक्यौं।आजको कान्तिपुरमा खबर छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका