मेयर बन्न अमेरिकाकाे ग्रिनकार्ड समेत त्यागे यिनले

१३ वैशाख ,काठमाडौं । सदरमुकाम सल्लेरीका ७२ वर्षीय आङदामी शेर्पाका सन्तान सबै अमेरिकामा छन् । उनी आफैं पनि अमेरिकी ग्रीनकार्डधारी हुन् । अमेरिका जाउआउ गरिरहन्छन् ।

 स्थानीय तहको निर्वाचनको रौनक बढिरहँदा जिल्लाको एक मात्र सोलु–दुधकुण्ड नगरपालिकाको मेयर बन्ने आकांक्षा उनमा आयो । तर, अमेरिकी ग्रिनकार्डले समस्या निम्त्यायो । मेयर बन्न उनले गत साता ग्रीनकार्ड रद्द गराए ।

२०५४ देखि २०५९ सम्म सल्लेरी गाविस अध्यक्ष भइसकेका शेर्पाले एक पटक नगरपालिकाको मेयर हुने सपना देखेका छन् । उनले एमालेबाट उम्मेद्वारी दिन चाहेका छन् । तर, पार्टीभित्र अन्य आकांक्षी पनि छन् ।

एमाले जिल्ला कमिटीले उम्मेद्वारको टुंगो लगाउन नसकेपछि एक नम्बर प्रदेश कमिटीमा पठाइएको छ । शेर्पाले पार्टीमा आफ्नो महत्वपूर्ण योगदान रहेकाले आफ्नो नाम सिफारिस हुने आशा राखेका छन् ।आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका