दलहरूकाे चुनाव चिह्न पानको पातदेखि बाँदरसम्म

९ वैशाख  , काठमाण्डाै । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन्। चुनावी प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन्।  संसदमा प्रतिनिधित्व गर्ने पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन्। संसदमा प्रतिनिधित्व नगरेका बाँकी ९ दललाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको हैसियतमा चिन्ह दिएको छ। आयोगले सिन्धुपाल्चोकका लागि क्रम संख्या ३६ भएको चिन्हसहितको मतपत्र छापेको छ।

 समानुपातिक मतका आधारमा संसदमा प्रतिनिधित्व गर्ने दललाई क्रम संख्या १ देखि ११ सम्म लहरका चिन्ह छुट्याइएको छ। ११ देखि २० क्रमसंख्यासम्मको लहरका चिन्ह जिल्लामा दर्ता भएका तर संसदमा प्रतिनिधित्व नगर्ने दलका लागि व्यवस्था गरिएको छ। उनीहरुलाई फरक फरक चिन्ह दिइएको छ।

 

आयोगले जिल्लामा दर्ता भएका नेपाल दलित पार्टी, ताम्सालिङ राष्ट्रिय जनएकता पार्टी, नयाँशक्ति पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल जनता पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले समाजवादी, चुरेभावर लोकतान्त्रिक लगायतले दलीय चुनाव चिह्न पाउन सकेनन्।

स्वतन्त्र उम्मेदवारको आँकलन गरी आयोगले जिल्लाका लागि मतपत्रको क्रम संख्या २१ देखि ३६सम्मको लहरमा चुनाव चिह्नको व्यवस्था गरेको छ। आयोगले स्वतन्त्र उम्मेदवारलाई दिएका चुनाव चिह्न निकै रोचक रहेका छन्। पानको पात, सियोधागो, हुप, सुई, बाँदर, काग, भ्यागुतो, गंगटो, चल्ला, ढिकी, फर्सी, बिरालो, छुरा, दाह्री काट्ने मेसिन लगायत धेरै चुनाव चिह्न मतदातालाई हँसाउने खालका छन्। अाजकाे नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका