आईजीपी बन्ने सबैको सपना पूरा हुँदैन : अर्याल

IGP_aryal-58ed737539d7d8.24169894

म संगठनको बफादार सिपाही हुँ । मभन्दा माथि संगठन छ । मजस्तै करिब ७२ हजार कर्मचारी मिलेर प्रहरी संगठन बनेको छ । आफ्नो ब्याचको टपर भए पनि मैले जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णयलाई अन्यथा लिइनँ । मेरो कारणले संगठनलाई अप्ठ्यारो पार्नुहुन्न भन्ने धारणा मेरो छ ।

म जहाँ बसेर पनि काम गर्न तयार थिएँ । तर, सर्वोच्च अदालतले दुई जना डीआईजीको मात्र कार्यसम्पादन मूल्यांकन फाइल मगाउँदा मलाई असहज लागेको थियो । त्यसैले आफ्नो पनि कार्यसम्पादन मूल्यांकन हेरियोस् भनी रिट हालेको थिएँ । सर्वोच्चको फैसलाले मेरो चाहना पनि सम्बोधन हुने देखेपछि रिट फिर्ता लिएँ । सरकारले मलाई आईजीपी बनाएको छ । यसलाई आश्चर्यभन्दा बढी मेरो कामको सम्मान गरेको रूपमा बुझेको छु । संगठनमा प्रहरी निरीक्षकमा नाम निकाल्ने हरेकको सपना हुन्छ, आईजी बन्ने । तर, सबैको सपना पूरा हुँदैन । कहिले काहीँ बेस्टले पनि पाउँदैन तर मैले नै पाउनुपर्छ जसरी पनि मै हुनुपर्छ भन्ने जिद्दी गर्नु हुँदैन ।

तपार्इं ओझेलमा परेरै भए पनि काम गरिरहनुभयो, अब संगठनलाई कसरी अगाडि बढाउनुहुन्छ ?

मैले जहिले पनि आफूभन्दा कामलाई अगाडि राखें । त्यसकारण ओझेलमा परेको हुन सक्छु । मेरो कामलाई हेर्नुभयो भने मेरो क्षमता आफैं मूल्यांकन गर्न सक्नुहुन्छ । अब पनि मैले कामलाई नै अगाडि राख्नेछु । हाम्रो काम भनेको जनतालाई सुरक्षा र शान्ति प्रत्याभूत गराउनु हो । यो नै मेरो प्राथमिकता हुनेछ । म जनताको सुरक्षालाई विस्तार गर्नेछु ।

प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप प्रस्ट रूपमा देखियो । संगठनमा प्रहरी हस्तक्षेपलाई कसरी हेर्नुहुन्छरु
जे भयो, त्यो नहुनुपथ्र्यो । संगठनको नेतृत्व चयन स्पष्ट र सुनिश्चित गर्नुपर्छ । बाहिरी तत्वले खेल्ने र संगठनलाई अप्ठ्यारोमा पार्ने काम नहोस् । प्रहरी संगठन निकै संवेदनशील र जनताको सुरक्षासँग जोडिएको विषय हो । यस्तो संस्थाको नेतृत्व गर्ने आकांक्षीलाई गुमराहमा राख्नुहुन्न । प्रहरी कर्मचारीलाई

थाहा होस् कि मैले व्यावसायिक रूपमा यो-यो गरें भने भोलि संगठनको नेतृत्व गर्ने सम्भावना रहन्छ । त्यो कसरी हुन्छ ?

नेतृत्व चयन प्रणालीलाई तार्किक, स्पष्ट र पारदर्शी बनाउनुपर्छ । यसका लागि पफर्मेन्स म्यानेजमेन्ट सिस्टम अगाडि ल्याउनुपर्छ । मुख्य कुरा सबैभन्दा राम्रो गर्नेले मात्र नेतृत्व गर्न पाउनुपर्छ, त्यसैको सुनिश्चितता हुनुपर्छ । तर, हाम्रा ऐन, नियमावलीमा धेरै समस्या छ । ऐन, नियमावलीले यी विषयलाई स्पष्ट सम्बोधन गर्दैनन्, यही कारणले समस्या आएको हो । कानुनतः हामीले पारदर्शी बनायौं भने यो समस्या दोहोरिँदैन । यसका लागि ऐन, नियमावली परिमार्जन आवश्यक छ । मेरो कार्यकालमा यसका लागि प्रयास हुनेछ ।

दुई महिनायता संगठन तरलताको स्थितिमा छ । नियुक्ति विवादले संगठनमा गुट-उपगुट बढेको छ, चुनौती त धेरै छन् नि ?

हामी सबै प्रहरीको उद्देश्य एउटै हो, देशमा शान्ति-सुरक्षा स्थापना गर्ने, जनतालाई अधिकतम सुरक्षा प्रत्याभूति गराउने । हरेक प्रहरी कर्मचारीको उद्देश्य यही हुनुपर्छ । यो कुरामा सहमत हुने हो भने सबै प्रहरी एक ठाउँमा हुन्छौं । यसको विकल्प म देख्दिनँ । हरेक प्रहरी कर्मचारी मिलेर अगाडि बढे मात्र संगठन बलियो हुन्छ, म, हामी बलियो हुन्छौं । संगठनमा संस्कारको विकास गर्ने हामीले नै हो । संस्थामा व्यावसायिक अभ्यास स्थापित गर्नुपर्छ । हरेक प्रहरी कर्मचारी यसमा प्रतिबद्ध हुनुपर्छ । मलाई विश्वास छ, सबै कर्मचारीलाई मिलाएर अगाडि बढाउन म सफल हुनेछु । सबैलाई समेटेर लैजान म प्रतिबद्ध छु ।

तपाईंको कार्यकाल एक वर्षको छ, काम गर्न समय पर्याप्त छ ?

नभएको कुरामा चिन्ता गर्दिनँ । जति उपलब्ध छ, त्यसैलाई अधिकतम सदुपयोग गर्नेछु । जुन समय(सीमा छ, त्यसलाई आधार बनाएर योजनासाथ काम गर्न सकिन्छ । एक वर्षको समय पनि थोरै होइन । राम्रो काम गर्ने सोच राख्ने हो भने पर्याप्त छ तर धेरैचाहिँ होइन । अन्नपुर्णपोस्ट बाट साभार गरीको

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका