बाबुराम भट्टराईले देउवालाई भेटेर भनेः हामीले दलीय चुनाव चिन्ह किन नपाउने?

images-cms-image-000019326दलीय आधारमा निर्वाचन चिन्ह पाउनुपर्ने माग गर्दै नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। भट्टराईसँगै अन्य साना दलका प्रतिनिधिहरुले पनि देउवालाई भेटेका हुन्।

भेटमा देउवाले अध्यादेश जारी गरेर भए पनि दलीय आधारमा चुनाव चिन्हका लागि आफुले पहल गर्ने बताएको नयाँ शक्तिले जनाएको छ।

यसअघि नयाँ शक्तिसहितका साना दलहरुले दलीय आधारमै निर्वाचन लड्न पाउनुपर्ने भन्दै देशव्यापी धर्ना र विरोध कार्यक्रम गरेका थिए।

 राजधानीमा भएको धर्ना कार्यक्रममा नेता भट्टराई लगायतलाई सरकारले पक्राउ गरेर एक दिन प्रहरी हिरासतमा समेत राखेको थियो। निर्वाचनसम्बन्धी कानुनमा नयाँ दललाई दलीय चुनाव चिन्हमा देशभरि चुनाव लड्न नपाउने व्यवस्था भएपछि नयाँ शक्ति लगायतका नयाँ र साना दलले विरोध गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका