April 3, 2017

‘म किन गरीब ?’  बुद्धले दिएको जवाफ सुन्दैमा धनी बनिन्छ

 

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ ।

 

परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन ।

भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे ।

म किन गरीब ?
त्यसैक्रममा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो ।

भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्‍यो अनि प्रश्न अघि सार्‍यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’

उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्‍यो, ‘म सँग केही हुनुपनि त पर्‍यो नि दिनलाई ! मसँग केही छैन । बडो मुस्किलले बिहान-बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै सालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंसा गर्न र मिठो बोल्न सक्छौ ।

तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’

त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो ।

त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि