गोरखा–नेपाली सेनाले बेनिघाट–आरुघाट हुँदै तिब्बतको सिमाना लार्केभञ्याङ जोड्ने सडकको नयाँ ट्र्याक खोल्ने काम सुरु गरेको छ । थुमी गाउँको अर्मलामा शिविर स्थापना गरी सेनाले सडक निर्माणको काम गरेको हो । पचहत्तर जना सेनाको टोली सडक निर्माणमा खटिएको छ ।
सेनाका इन्जिनियर निशान्त पण्डितका अनुसार हावाडाँडादेखि लापु भिरसम्म रहेको चट्टान फुटाउन बम ब्लास्टका लागि प्वाल बनाउने काम भइरहेको छ । सेनाले हावाडाँडादेखि उहियाको तातोपानीसम्म १६ किलोमिटर सडक निर्माणका लागि अध्ययनसमेत गरिसकेको जनाएको छ ।
धादिङको बेनीघाटदेखि लार्केभञ्याङसम्मको सडक करिब एक सय ८३ किमी दूरीमध्ये सेनाले आरुघाट–लार्केभञ्याङ खण्ड करिब एक सय २१ किमी सडकको नयाँ ट्र्याक खोल्ने काम गर्दैछन् । बेनीघाट–हावाडाँडा खण्ड ६२ किमी सडक सडक विभागले निर्माण गरेको थियो ।
हावाडाँडादेखि लापुभिर हुँदै नयाँ ट्र्याक खोल्न रु दुई करोड ५० लाख रुपैँयाँ बजेट निकासा भएको छ । माछाखोलामा अर्को शिविर राखेर केही दिनपछि उक्त खण्डमा नयाँ ट्र्याक खोल्ने काम पनि सुरु गर्ने इन्जिनियर पण्डितले बताउनुभयो । सडक निर्माण हुने स्थल मनास्लु पदमार्ग रहेकाले पदमार्गको विकल्पमा अर्को बाटो खोल्ने तयारी पनि भइरहेको जनाइएको छ छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
वसन्त आचार्य २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका