१८ चैत, काठमाडौं । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले आन्दोलनरत मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुन आहृवान गरेका छन् ।
निर्वाचन प्रजातान्त्रिक अभ्यास भएको भन्दै उनले यसबाट कोही पनि विमुख हुन नहुने धारणा पनि राखे । सरकारले स्थानीय तहको निर्वाचनमा सबैलाई सहभागी गराउन अधिकतम कोशिस गरिरहेको उनले बताए ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री थापाले सानातिना असन्तुष्टिलाई बोकेर निर्वाचन जस्तो ऐतिहासिक काममा सहभागी नहुने काम कसैबाट हुन नहुने बताए । मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन प्रमुख प्रतिपक्ष एमाले समेत प्रतिवद्ध रहेको उपप्रधानमन्त्री थापाले बताए ।
उपप्रधानमन्त्री थापाले निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा शंका नगर्न पनि सबैमा आग्रह गरेका छन् ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका