रामेश्वर खनाल र बाबुराम भट्टराईः को ठीक को गलत ?

अधैर्य, आफूले भनेको नहुँदा मन दुखाइहाल्नेbaburam-bhattrai-and-rameshwor-khanal

१७ चैत, काठमाडौं । नयाँशक्ति पार्टी परित्याग गरेका पूर्वअर्थसचिव रामेश्वर खनाल र सो पार्टीका संयोजक डा. बाबुराम भट्टराई दुबैको चरित्र चित्रण सोही पार्टीका ‘कृषक नेता’ मदन राईले गरेका छन्  ।

अन्नपूर्ण पोष्ट दैनिकमा राईले ‘दुई सिपालु नेपाली आत्मा’ शीर्षकमा एउटा लेख लेखेका छन् । सो लेखमा राईले भनेका छन्- ‘नयाँ शक्तिमा यी दुई आत्मा एक ठाउँमा भए, म बूढो हलीको हलो यसमा गज्जपले जोड्ने थिएँ भनेर यिनी दुबैलाई भनेको हुँ ।’

 

नयाँ शक्ति पार्टी छाडेर हिँडेका रामेश्वर खनालका बारेमा राईले लेखेका छन्-‘खनालजीको बोलाइ, लेखाइ र गराइको तादाम्य र मिठास देखेर म ज्यादै प्रभावित भएको थिएँ । बाबुरामजीको भन्दा अझ सरल र मीठो लाग्छ, खनालजीको शैली । यस्ता मानिस राजनीतिमा आउनैपर्छ भन्ने मान्यता राख्थें । राजनीतिमा रामेश्वरजीलाई संलग्न गराउन बाबुरामजी र रवीन्द्र मिश्रजीसँग निकै कुरा चल्थ्यो ।उनीहरु दुबै जना र मैले पनि रामेश्वरजीप्रतिको आकर्षण धेरै देख्नेगथ्र्यौं । किनकि उनी असलमात्रै होइन, हामी भएकामध्ये आफ्नो विषयमा धेरै जान्नेमान्छे पनि ।’

रामेश्वरजी पनि मानिस नै हुन्  । उनको कमजोरीमध्ये सबैभन्दा ठूलो कमजोरीमा अधैर्य स्वयं आफैंले भनिसकेका छन् । आफूले भनेको भएन भने सहने कम, मन दुखाउने बढी

राईले लेखेका छन्- ‘नयाँशक्तिको आर्थिक नीति रामेश्वरजीले धेरै मिहेनत गरेर तयार गरेका हुन् । समिट होटलको प्रस्तुतीमा पंक्तिकार खुशीले रोएको थियो । रामेश्वरजीसँग लगातार वर्षदिन काम गर्दा हर्ष र उर्जा मिल्थ्यो । सारै सरल, चोखो र स्पष्ट मान्छे । कञ्चन चामलजस्तै, कलकल छहरा जस्तो विचार र अभिव्यक्ति । साधा जीवन जिउन, पैदन हिँड्न, भुइँमा बस्न रुचाउने ।’

लेखमा राईले थप भनेका छन्- ‘बाबुरामजीलाई अर्थमन्त्रीमा सफल बनाउने मुख्य हात खनालजीकै हो ।’

अधैर्य, आफूले भनेको नहुँदा मन दुखाइहाल्ने

राईले आफ्नो लेखमा रामेश्वर खनालका कमजोरीबारे पनि लेखेका छन् । रार्इ भन्छन्- ‘रामेश्वरजी पनि मानिस नै हुन्  । उनको कमजोरीमध्ये सबैभन्दा ठूलो कमजोरीमा अधैर्य स्वयं आफैंले भनिसकेका छन् । आफूले भनेको भएन भने सहने कम, मन दुखाउने बढी ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट