काठमाडौं, १७ चैत । मध्य तराईका जिल्लामा वैदेशिक रोजगारीका कारण विकृति बढ्नुका साथै हत्याहिंसाका घटनासमेत बढेका छन् । अधिकांश हत्याहिंसाका घटनामा अनैतिक यौन सम्बन्ध र सम्पत्तिको लालच देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
२०७३ कार्तिक २६ गते जनकपुर उपमहानगरपालिका रजौलका श्रीराम ठाकुरको हत्या भयो । वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै श्रीमती नितु मिश्रको मिलेमतोमा ठाकुरको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको कारण अनैतिक सम्बन्ध र आर्थिक लोभ रहेको धनुषाका प्रहरी उपरीक्षक मनोज यादव बताउँछन् ।
यस्तै पुष २९ गते महोत्तरी हतिसर्वा संग्रामपुरका अञ्जनीकुमार मिश्रको पनि वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्रकी श्रीमती ज्योतिसहित फिरोज कवाडी, गंगाराम दास, तुफान नट र कुवेर राउतलाई पक्राउ गरेको छ ।
यौन सम्बन्ध र सम्पत्तिको लालचकै कारण घटना भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक शालिग्राम पौडेल बताउँछन् ।
वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश युवाले श्रीमतीलाई घर छाडेर जानुपर्ने बाध्यता र घरमा रहेकी महिलालाई घरपरिवारले माया प्रेम नदिनु, उसको भावनाको कदर नगर्नु, यौन तृष्णा तथा आर्थिक लेनदेनका कारण समेत विभिन्न आपराधिक घटना हुने गरेको प्रहरी अनुसन्धानले देखिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
वसन्त आचार्य २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि