काठमाडौँ, १६ चैत । उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा वरिष्ठतालाई ध्यान नदिएको भन्ने एक रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नियुक्तिका फाइल मगाउने आदेश जारी गरेको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दाका निर्णयका फाइलहरु मगाउने आदेश जारी गरेको हो ।
न्याय परिषद्लाई विपक्षी बनाई मंगलबार नायब महान्यायाधिवक्ता दुर्गावन्धु पोखरेलले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा सो आदेश जारी भएको हो ।
रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा सरकारी वकिलहरुबाट असाध्यै कम र वरिष्ठतालाई नहेरी न्यायाधीश नियुक्ति गरिएको उल्लेख छ ।गत पुस २८ गते न्याय परिषद्ले उच्च अदालतका लागि ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो । जिल्ला न्यायाधीशबाट ३७, नेपाल बार एसोसिएसनबाट २७ तथा सहसचिव र विशिष्ट श्रेणीका १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह ) नियुक्त भएका थिए तर त्यसमा सरकारी वकिलका तर्फबाट एकजनाको मात्रै प्रतिनिधित्व भएको थियो ।
सरकारी वकिलका तर्फबाट एकजना मात्रै न्यायाधीशमा प्रतिनिधित्व गराइएकामा सरकारी वकिलहरुले यसअघि पनि विरोध जनाएका थिए । रासस
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको