March 27, 2017

यादव हिँडिसकेपछि अन्य नेताले भने-‘मोर्चालाई एउटै दल बनाउनुपर्छ’ : निर्वाचनमा चासो छैन

चैत १४,संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलका अध्यक्षहरूले मोर्चाको एउटै दल बनाउने प्रस्ताव गरेका छन् । मधेसवादी दलहरू विभाजित भएकै कारण मधेसी समुदाय अधिकारबाट वञ्चित भएको उनीहरूको निष्कर्ष छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

– सप्तरीको मलेठमा आइतबार भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सबै मधेसवादी दल एउटै झन्डामुनि आउनुपर्ने प्रस्ताव गरे । उनले भने, ‘विगतमा मसहित अन्य मधेसी नेताहरूबाट भएको गल्ती बिर्सेर अब पार्टी एकता गर्नुपर्ने आवश्यकता छ ।’
– राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले पनि आफू विनासर्त पार्टी एकता गर्न तयार रहेको बताए ।
– तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पनि सबै मधेसवादी दल एक बनाउन आफू अग्रसर रहेको बताएका थिए । मधेसवादी दलहरू एक भएको दिन मधेसी समुदायको आधा माग पूरा हुने उनको भनाइ छ ।
– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी एकताका लागि आफू तयार रहेको भन्दै एकताको विपक्षमा जान नहुने बताए । उनले भने, ‘गजेन्द्रनारायण सिंहले मधेसमा एउटा पार्टी मात्रै बनाउनुभएको थियो, किन अरू पार्टी जन्मिए ?’ उनले भने, ‘जे–जस्तो भए पनि अब पार्टी एकताका लागि म तयार छु ।’
– मधेसवादी दलहरूबीच एकताको प्रसंग उठ्दा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव भने हिँडिसकेका थिए ।
– मोर्चाको संयोजकसमेत रहेका उनले सुरुमै सभालाई सम्बोधन गर्दै शान्तिपूर्ण ढंगले मधेसलाई अधिकार नदिइए हतियार उठाउन बाध्य हुने चेतावनी दिएका थिए । उनले बल सरकारको कोर्टमा रहेको भन्दै जबर्जस्ती चुनाव गराउन खोजिए राज्यका लागि घातक हुने बताए ।

‘संशोधनविना हुने निर्वाचनमा चासो छैन’
—मधेसी मोर्चाका नेताहरूले चुनावमा आफूहरूलाई चासो नभएको बताएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, ‘पहिले हामीले अधिकार लिनुपर्छ, त्यसपछि चुनाव त छँदै छ ।’

—तमलोपा अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनविना चुनाव सम्भव नरहेको बताए । ‘संशोधनको विषयमा सरकारमा रहेका तीन दल र प्रमुख प्रतिपक्षी एमालेको भनाइ एकै किसिमको छैन । चार दलको चार लाइन छ,’ उनले भने, ‘संशोधनविना चुनाव सम्भव छैन ।’ सरकारले स्थानीय तहको चुनाव अवैधानिक ढंगले गर्न थालेको पनि ठाकुरले दाबी गरे । उनले भने, ‘अहिलेसम्म स्थानीय तहको संख्या निर्धारण हुन सकेको छैन, आयोगले निष्पक्ष ढंगले काम गरेन, अहिले सरकारले जनसंख्याको आधारमा संख्या बढाउने भनिरहेको छ, तर हामी संशोधनविना चुनावमा जान सक्दैनौँ ।’

—सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसलाई चुनावबाट बाहिर राखेर सम्भव नहुने बताए । ‘मधेसविना नै चुनाव गराउँछु भन्नु वाहियात हो,’ उनले भने, ‘चुनाव त के, मधेसविना देश नै चल्दैन ।’ उनले अबको आन्दोलन कष्टकारी नहुने पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका