काठमाडौं । निर्वाचन आयोगले चैत २० गतेसम्म स्थानीय तहको निर्वाचनमा भाग लिने मतदातको नामावलीलाई अन्तिम रुप दिनेगरी धमाधम काम गरिरहेको छ । निर्वाचन आयोगका एक अधिकारीकाअनुसार १ करोड ४० लाख मतदाता पुग्ने आयोगले अनुमान गरे पनि संख्या १ करोड ३८ लाख नजिक हुन सक्नेछ ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा प्राविधिकहरुले नयाँ स्थानीय तहको संरचनाअनुसार मतदातको नाम परिवर्तन गरिरहेको छ ।
आयोगले दिएको जानकारीअनुसार मतदाताको नामावली वडा र मतदान केन्द्रअनुसार मिलाउने काम भइरहेको छ । स्थानीय तहमा हाल ६ हजार ६ सय ८३ वडा कायम गरिएको छ । सोही अनुसार मतदातको नामावलीलाई अन्तिम रुप दिने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगले निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष उमेर पुगेको र मतदाता नामावलीमा नाम भएका व्यक्ति निर्वाचनमा भाग लिन योग्य हुने जनाएको छ ।
आयोगले मतदाताको जिल्ला, स्थानीय तह, वडा र मतदाता केन्द्र रहने गरी अध्यावधिक गरिरहेको हो । यसअघि जिल्ला, गाविस वा नगरपालिका, वडा र मतदानकेन्द्र अनुसार मतदाताको नामवली राख्दै आएको थियो ।
मतदातको ठेगानाको नाम परिमार्जनको काम चलिरहे पनि अहिलेसम्म पुरानै स्थानीय निकायको साविक ठेगानाअनुसार आफ्नो र आफ्नो वडाको मतदाता नामावली छ वा छैन हेर्न सकिनेछ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका