काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउनका लागि सरकारसँग वार्षिक १२ अर्ब रुपैयाँ बराबरको कर छुट दिन माग गरेको छ । व्यवस्थापिका संसद्का उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले मूल्य घटाउनका लागि पटक पटक दवाब दिँदै आएको जवाफस्वरुप निगमले वार्षिक १२ अर्ब बराबरको कर छुट दिन माग गरेको हो ।
निगमले सरकारले भन्सार महसुल, सडक सुधार खर्च, पूर्वाधार शुल्क र प्रदूषण शुल्कका नाममा लिंदै आएको कर छुट दिए आफू पेट्रोलियम पदार्थको मूल्य घटाउन तयार रहेको बताएको छ ।
सरकारले पेट्रोलियम पदार्थबाट वार्षिक रुपमा भन्सार महसुलवापत ७ अर्ब ३४ करोड, सडक सुधार खर्चवापत २ अर्ब ९२ करोड, पूर्वाधार शुल्क वापत १ अर्ब ५० करोड र प्रदूषण शुल्क वापत ५९ करोड रुपैयाँ कर उठाउँदै आएको छ ।
नेपाल आयल निगमको संचालक समितिको अध्यक्ष रहेका आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले उल्लेखित चार शिर्षकमा कर नलिइए मूल्य घटाउन सकिने अन्यथा मूल्य नघटाउने बताए ।
चार शीर्षकमा पेट्रोलमा प्रतिलिटर २४ रुपैयाँ ७३ पैशा कर लिने गरेको सरकारले भ्याटवापत प्रतिलिटर ११ रुपैयाँ ६८ पैसा उठाउने गरेको छ ।सरकारले खाना पकाउने एल पीजी ग्यासमा प्रतिसिलिण्डर १ सय ५४ रुपैयाँ ५० पैसा भ्याट तथा ६१ रुपैयाँ ९६ पैसा भन्सार शुल्क लिने गरेको छ ।
निगमले अहिले ग्यासमा प्रतिसिलिण्डर २ सय ९१ रुपैयाँ ५१ पैसा घाटा व्यहोर्दै आएको छ । निगमले केही दिन पहिले ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको थियो ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका