सुन तस्करहरुको अस्वाभाविक सम्पत्ति

goldकाठमाडौं, ६ चैत । अन्तरदेशीय सुन तस्करीको गिरोहमा संलग्न भनिएकाहरुले छोटो अवधिमै करोडौं रुपैयाँको आर्थिक हैसियत बनाएका छन् । २१ पुसमा त्रिभुवन विमानस्थलको भन्सार हुँदै पास भएको साढे ३३ किलो सुन विमानस्थल बाहिर बरामद भएको थियो ।
तस्करीमा संलग्न १२ जनालाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ । १९ जनालाई फरार अभियुक्तको सूचीमा राखेको छ । जसमध्ये दुबईमा रहेको सुनका मुख्य मालिक पाँच नेपालीसमेत छन् ।
प्राप्त गोप्य कागजातका अनुसार सुन तस्करीमा संलग्न रहेकाको आथिक हैसियत अस्वाभाविक देखिएको हो । पर्वतको विकट ठाउँ भोर्ले–१ का गुप्तलाल भुसालको आर्थिक हैसियत सबभन्दा अस्वाभाविक देखिन्छ । गाउँमा प्रशस्त जग्गाजमिन भएका परिवारका माइलो छोरा गुप्तालाल करिब १५ वर्षअघि काठमाडौं छिरेका थिए । नातेदारहरुका अनुसार सुरुवाती वर्षमा उनी काठमाडौंमा गाडी चलाउने काम गर्थे ।
तर पछिल्ला केही वर्षमै उनको उकासिँदो आर्थिक हैसियत देखेर छिमेकी र नातेदार चकित छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार ३३ केजी सुन तस्करीका मालिकमध्ये भुसालसमेत एक हुन्, जसले विमानस्थलका कर्मचारीलाई उपयोग गर्न भूमिका खेलेका थिए । दुबईमा बसेर तस्करीमा संलग्न भुसालको बैंकिङ कारोबार त अस्वाभिाविक देखिन्छ नै, अन्य अचल सम्पत्ति पनि स्वभाविक देखिँदैन । अनुसन्धानमा संलग्न एक अधिकारीले भुसालको आर्थिक हैसियत देख्दा जो कोही चकित पर्ने बताए ।
उनको व्यक्तिगत खातका अनुसार मात्रै २०६५ मा उनको सम्पत्ति १ करोड ४६ लाख १५ हजार रुपैयाँ देखिन्छ । काठमाडौंका विभिन्न ६ बैंकमार्फत कारोबार गर्ने भुसालको पछिल्लो वर्षमा सम्पत्ति लगातार उकालो लाग्दो छ ।
काभ्रे चलाल गणेशस्थान ६ का हरिशरण खड्का केही वर्षयता दुबईमा बसेर भुसालसँगै कारोबारमा संलग्न छन् । साढे ३३ केजी सुन तस्करीका मालिकमध्ये खड्का पनि एक रहेको ब्युरोको निश्कर्ष छ । सामान्य किसान परिवारका खडकाका् पछिल्लो समयमा उक्लिँदो आर्थिक ग्राफ देखेर उनका आफन्त जिब्रो काटछन् । खड्काको बैंक खातामा मात्रै ६७ लाख २९ हजार ६ सय ६४ मौज्दात छ ।
दुबईमा बसेर तस्करीमा संलग्न रहेका खड्काले चलाल गणेस्थानका कैयन् युवालाई कामका निम्ति दुबई पठाएका थिए ।
उनको व्यक्तिगत खातका अनुसार मात्रै २०६५ मा उनको सम्पत्ति १ करोड ४६ लाख १५ हजार रुपैयाँ देखिन्छ । काठमाडौंका विभिन्न ६ बैंकमार्फत कारोबार गर्ने भुसालको पछिल्लो वर्षमा सम्पत्ति लगातार उकालो लाग्दो छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग