March 18, 2017

सरकारमा रहेको राप्रपा नेपालले सरकार विरुद्ध नै आन्दोलन गर्ने, यस्तो छ आन्दोलनको कार्यक्रम

काठमाडौं, ५ चैत्र । नेपालको संविधानको विरुद्धमा पार्टीको विधानमा ‘राजसंस्था र हिन्दुराष्ट’ राखेको भन्दै निर्वाचन आयोगले हटाइदिएपछि राप्रपा नेपालले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।कमल-थापा

शनिबार बसेको आकस्मिक बैठकले तत्काल आन्दोलनमा जाने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए ।

निर्वाचन आयोगले पार्टीका विधान विपरित निर्णय गरिदिएको भन्दै आन्दोलनको पाँच बुँधे संघर्षको कार्यक्रम समेत उनीहरुले घोषणा गरेका छन् । घोषित आन्दोलनको कार्यक्रम अनुसार चैत्र ७ गते निर्णय पुर्नविचारको लागि देश भर रहेका सदरमुकाममा रहेका आयोगको कार्याललयमा ज्ञापन पत्र बुझाउने र एक घण्टा धर्ना गर्ने, त्यस्तै सोही दिन निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुर भवन अगाडी एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।

त्यस्तै पार्टीको संवैधानिक अधिकार खोसिएको भन्दै कानुनी उपचारको लागि समेत तयारी गर्ने निर्णय राप्रपाले गरेको छ । चैतको तेस्रो हप्ताबाट भने हिन्दुराष्ट्र पुनस्थापनाका लागि देशव्यापी सडक संघर्ष गर्ने, धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्र पुनस्थापनाको लागि तत्काल संसदमा संशोधन प्रस्ताव पेश तथा सदनमा शसक्त आवाज उठाउँने निर्णय आजको बैठकले गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपा सरकारमा समेत सामेल छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

  काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको