गुर्जुधारामा ट्रकको ब्रेक फेल २ जनाको मृत्यु, ९ घाइते, ४ सबारी साधनमा क्षति

17357097_1406353026081872_329435697_o-768x576काठमाडौं – काठमाडौंको गुर्जुधारामा ट्रकको बे्रक फेल भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ९ जना घाइते भएका छन् भने ४ वटा सवारी साधनमा क्षति पुगेको छ ।

मृत्यु हुनेमा झापा अनारमनिका ३७ बर्षिय डम्बर पोख्रेल र काभ्रेपलाञ्चोक पनौतीका ४६ बर्षिय कान्छाबली लामा रहेका छन् ।17354810_1244485078932719_123031416_n-300x225

बिहान ११ बजे बा ३ ख ९७७३ नम्बरको ट्रकले सन्तुलन गुमाँउदा अन्य ३ सबारी साधनलाई ठक्कर दिनपुगेको थियो । शुरुमा मे १ ख २४३९ नंबरको मिनिट्रकलाई ठक्कर दिएको थियो । त्यसपछि ठक्कर खाएको मिनिट्रकले बा १ ज ७९६७ नंबरको ट्याक्सीलाई ठक्कर दिएको थियो । ठक्कर दिने क्रममा बा ६९ प ६२८५ नम्बरको स्कुटर पनि दुर्घटनामा परि क्षतबिक्षत भएको प्रहरी निरिक्षक बाबुराम पोखरेलले जानकारी दिएका छन् ।

दुर्घंटनामा परी नाम नखुलेका बा ३ ख ९७७३ नम्बरको ट्रकका चालक गंभिर घाइते भएका छन् । साथै अर्को ट्रकका चालक र सहचालक पनि घाइते भएका छन् । यस्तै ट्याक्सीमा सबार २ यात्रुसहित चालक र स्कुटीमा सबार २ जना गरी ८ जना घाइते भएको पोखरेलले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालहरुमा पु¥याइएको छ । ५ जनालाई बागेश्वरी अस्पताल, १ जनालाई समाज अस्पताल, २ जनालाई बयोधा अस्पताल र १ जनालाई ट्रमा सेन्टर लगिएको पत्रकार रोशन दानीले जानकारी दिए ।17357672_1406352706081904_927452324_o-768x576
बागेश्वरी अस्पतालमा बर्ष २३ का अञ्जु आले, बर्ष २८ का कृष्ण थापा, बर्ष ६ का किभिन थापा, बर्ष ५ का आरसी आले र बर्ष ४४ का बाजेन्द्र थापाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि