यसरी गरौं बच्चाको हेरचाह

बिस्तारै गर्मी मौसम आउँदै छ । मौसम परिवर्तनसँगै यो बेला बच्चाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । यस्तो मौसममा बच्चालाई घमौरा र घाउ-खटिरा आउने, धेरै पसिना आएर चिसो लाग्ने, बढी गर्मीले एलर्जी हुने जस्ता समस्या देखा पर्छ । त्यसैले गर्मीमा बालबालिकाको हेरचाह गर्दा निम्न कुरा ख्याल गर्नुपर्छः

what-is-an-infant-care-specialist

सहज पहिरन लगाइदिने

गर्मीमा बच्चालाई सुती कपडा लगाइदिनु निकै उपयोगी हुन्छ । अन्य कपडाले ताप ग्रहण गर्ने र पोल्ने भएकोले सुतीको लुगाले उनीहरुलाई शीतल र सहज हुन्छ । उनीहरुलाई उकुसमुकुस हुने गरी धेरै कसिलो पहिरन पनि लगाइदिनु हुादैन । यद्यपि घर बाहिर कतै निस्किँदा भने शरीर पूरै ढाक्ने लुगा लगाइदिनुपर्छ ।

बेलाबेलामा डाइपर परिवर्तन गर्ने

गर्मी याममा पसिना आएर शरीरमा ब्याक्टेरिया पैदा गर्ने भएकोले विशेष सावधानी अपनाउनुपर्छ । खासगरी डाइपर निश्चित समयको अन्तरालमा बदल्ने गर्नुपर्छ । तीन घण्टाको अन्तरालमा बदल्नु उपयुक्त मानिन्छ ।

बच्चालाई डाइपर परिवर्तन गर्दा डाइपरले ढाक्ने भाग राम्ररी सफा गर्नुपर्छ । सुख्खा बनाएर मात्र नयाँ डाइपर लगाइदिनुपर्छ ।

झोल पदार्थ खुवाइरहने

गर्मीको मौसममा धेरै पसिना निस्किने भएकाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले दूध चुस्ने उमेरका बच्चाहरुलाई दूध र अन्यलाई झोल पदार्थ बेलाबेलामा खुवाइरहनुपर्छ । गर्मीको समयमा भोक कम लाग्ने भएकाले स्वाभाविक रुपले ठोस कुरा उनीहरु खान रुचाउँदैन । त्यसैले सकेसम्म उनीहरुलाई झोल पदार्थको सेवनमा जोड दिनुपर्छ ।

तेलले मालिस नगर्ने 

गर्मी याममा बच्चाको शरीरमा तेल लगाइदिनु राम्रो मानिँदैन । यसले एलर्जी हुन सक्छ । तेल लगाएपछि राम्ररी नुहाइदिएन वा सफा गरिदिएन भने छालासम्बन्धी समस्या निम्त्याउँछ । गर्मी भयो भनेर बच्चालाई पूरै शरीरमा पाउडर लगाइदिने कतिपयको बानी हुन्छ ।  त्यसो पनि गर्नुहुँदैन ।

नियमित नुहाइदिने

गर्मीको मौसममा बच्चालाई नियमित रुपमा नुहाइदिनुपर्छ । साँझको समयमा चिसो स्पन्ज बाथ दिने र पछि क्रिम मसाज गर्ने गर्नुपर्छ ।

कोठाको तापमान स्थिर राख्ने

बच्चा राख्ने कोठाको तापमान सन्तुलिन राख्नुपर्छ । किनकि तापमानमा परिवर्तन हुँदा बच्चाको स्वास्थ्यमा असर गर्छ । यदि कोठामा एसी प्रयोग गर्नुहुन्छ भने तापमान २४ डिग्रीमा राख्नुहोस् । यसका साथै कोठा गुम्सिएको हुनुहुँदैन । स्वच्छ हावा आउजाउ गर्ने खुला खालको हुनुपर्छ ।

चर्को घाममा बाहिर ननिकाल्ने

दिउँसोको कडा घाम बालबालिकाको लागि राम्रो हुँदैन । चर्को घामले बच्चाको कोमल छालामा सोझै असर गर्छ । त्यसैले चर्को घाममा बच्चालाई बाहिर निकाल्नु हुँदैन । बरु घाम डुबिसकेपछि साँझपख केही समयका लागि उनीहरुलाई बाहिर निकालेर डुलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली