चैत ३,मोदीका सल्लाहकारसँग निधीले भने(‘कञ्चनपुर घटनामा गल्ती भारतकै हो रिग्रेट गर्नुस्’
काठमाडौं – उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्बासका गोविन्द गौतम मारिएको घट्नमा गल्ती स्वीकार ९रिग्रेट० गर्न भारतीय पक्षलाई आग्रह गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसंगको भेटवार्ताका क्रममा निधिले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नेपाली मारिएको प्रसंग उठाउँदै भारत सरकारलाई यसमा ‘रिग्रेट गर्न आग्रह’ गरेका हुन् । आतंकवाद सम्वन्धी एक सम्मेलनमा भाग लिन आएका निधी यतिवेला भारतीय अधिकारी तथा नेताहरुसंगको भेटघाटमा व्यस्त छन् । उनले नेपालको अनुसन्धानले गोली भारतिय सुरक्षाकर्मीबाट नै चलेको देखिएको डोभललाई जानकारी गराएका थिए ।
प्रत्युत्तरमा डोभलले घटना दुस्खदायी भएको बताएका थिए । ‘हाम्रो अनुसन्धानले गोली भारतीय पक्षबाट नै चलेको देखाएको छ । त्यसमा भारतीय पक्षले रिग्रेट गर्नुपर्छ भनेको छु,’ भेटघाटपछि निधीले कान्तिपुरसंग भने । निधिले भारतिय पक्षले मागे अनुसार गौतमको पोष्टमार्टम रिपोर्ट उनीहरुलाई उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको बताए ।
‘हामीले गृह र परराष्ट्र हुँदै रिपोर्ट भारतलाई पठाउने प्रक्रिया सुरु गरिसकेका छौ,’ उनले भने । निधिले आफू नयाँ दिल्लीमा हुँदै पोस्टमार्टम रिपोर्ट भारतलाई दिन लागिपरेका उनले बताए । भारतले भने घटनाको अनुसन्धानपछि मात्र केही भन्न सकिने वताएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका