काठमाडौँ / पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई उपचारका लागि बुधबार थाइल्याण्ड लगिएको छ । दिसा र पिसाबसम्बन्धी गम्भीर समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार अधिकारीलाई थप उपचारका लागि थाइल्याण्ड लगिएको हो । अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार गत पुस ७ गते दिसा र पिसाब दुवैमा समस्या आएपछि उनलाई तीनकुनेस्थित कान्तिपुर अस्पतालमा भर्ना गरिएको थियो ।
आन्द्रामा र युरिनरी प्रणालीमा गम्भीर समस्या देखिएपछि कान्तिपुर अस्पतालले ८० वर्षीय अधिकारीलाई बल्खुस्थित बयोधा अस्पतालमा सिफारिस गरेको थियो । बयोधा अस्पतालमा आठ दिनसम्म आईसीयूमा राखेर अधिकारीको उपचार भएको थियो । त्यसयता घरैमा रहेर स्वास्थ्य लाभ गरिरहे पनि समस्या झन्–झन् बढिरहेको विष्टले जनाए । विष्टका अनुसार अधिकारीको स्वास्थ्य परीक्षण गर्ने वरिष्ठ चिकित्सक युवराज शर्माले मुलुकबाहिर गएर औषधि उपचार गर्न सल्लाह दिएकाले उनलाई थाइल्याण्ड लगिएको हो । थाइल्याण्डको भेजथानी अस्पतालमा अधिकारीको उपचार हुने छ । अधिकारी लामो समयदेखि मुटु तथा दम रोगबाट पीडित थिए । १९९३ वैशाख २२ गते जन्मिएका अधिकारी ८० वर्षको छन् ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका