सबैले नयाँ मतदाता परिचयपत्र पाउने, कसरी लिने?

निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ। ‘हामीले चारवटा सुरक्षा फिचरसहितको परिचयपत्र तयार गरेका छौं,’ आयोगका सचिव गोपीनाथ मैनालीले सेतोपाटीसँग भने, ‘मतदाता नामावलीलाई अन्तिम रूप दिएपछि छपाइ सुरु गर्ने छौं।’ परिचयपत्रमा मतदाताको नाम, ठेगाना, नागरिकता नम्बर, मतदाता परिचयपत्र नम्बर लगायत विवरण उल्लिखित ‘क्युआर कोड’ अंकित हुनेछ।

यो कोड विशेष प्रकारको उपकरणले मात्र पढ्न सक्छ। नक्कल उतार्न नमिल्ने सुरक्षा विशेषतासहितको परिचयपत्र छपाइका लागि आयोगले करिब १५ करोड रूपैयाँ छुट्याएको छ। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता परिचयपत्रको डिजाइन भइसकेको र छपाइ मात्र बाँकी रहेको जानकारी दिए।

मतदाता नामावलीलाई अन्तिम रूप दिएपछि छपाइ सुरू गर्ने आयोगको तयारी छ। यस्तो परिचयपत्रको डिजाइन आयोगकै जनशक्तिले गरेको र छपाइका लागि भने ‘ओम्नी ग्रुप नेपाल’ लाई जिम्मेवारी दिने तयारी भइरहेको उनले बताए। यो कम्पनीले आयोग परिसरमै छपाइ मेसिन राखेर विशेष सुरक्षासहित मतदाता परिचयपत्र छाप्ने उनले बताए। ‘चैत २० गतेभित्र हामी मतदाता नामावलीलाई अन्तिम रूप दिन्छौं,’ प्रवक्ता शर्माले भने, ‘त्यसपछि परिचयपत्र छपाइ सुरु हुन्छ।’ उनका अनुसार आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने काम गरिरहेको छ। मतदाताको ठेगाना नयाँ बनेका गाउँपालिका र नगरपालिकाअनुसार मिलाउने काम भइरहेको छ। यो काम सकिएसँगै मतदाता नामावलीले अन्तिम रूप पाउनेछ। मतदाता नामावलीकै आधारमा परिचयपत्र बन्ने भएकाले छुट्टै फोटो खिचाउनु वा निवेदन दिनुपर्ने छैन।

आयोगले मतदाताको फोटो र औंठाछापसहितको नामावली यसअघि नै संकलन गरिसकेको छ।  ‘छपाइ सकिएपछि हामी मतादाता नामावली र परिचयपत्र सबै निर्वाचन केन्द्रमा पठाउँछौं,’ प्रवक्ता शर्माले भने, ‘मतदाताले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र प्राप्त गर्न सक्ने छन्।’ मतदाता परिचयपत्र भएकाले मात्रै मत दिन पाउने भएकाले यो परिचयपत्र निर्वाचनअघि अनिवार्य रूपमा लिनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा