March 10, 2017

खाना पकाउने ग्यासको मूल्य फेरी बढ्यो, अब कति पुग्यो त मूल्य

2017-03-10_1831२७ फागुन, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।

अब एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास निगमले १३ सय ५० रुपैयाँमा कारोबार भइरेको छ ।

आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा लगातार घाटा बढिरहेकाले समान्य रुपमा मूल्य बढाईएको बताए ।

अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५२ पैसा घाटा छ । अब मूल्य बढेपछि ग्यासमा निगमलाई २ सय ८८ रुपैयाँ ५१ पैसा मात्रै घाटा हुनेछ ।

पट्रोल र डिजेलमा यथावत

पट्रोल र डिजेलमा भने मूल्य घटबढ गरिएको छैन । ‘उपभोक्तालाई राहत दिन कै लागि तेलमा मुल्य बढाइएको छैन’ पोखरेलले भने ।

तेलमा भएको नोक्सानका कारण निगगमलाई अहिले मासिक झण्डै ४० करोड घाटा छ । डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ७ पैसा घाटामा रहेको निगमलाई पट्रोलमा भने १ रुपैयाँ २३ पैसा नाफा छ ।

भोलि पनि तेल वितरण

यसैबीच निगमले काठमाडौंमा पम्पहरुमा केही दिनदेखि लागेको लाइनलाई साम्य गर्न शनिबार पनि थानकोट डिपो खोल्ने भएको छ ।

प्रवक्ता पोखरेलले शनिबार पनि डिपो खोलेर तेल वितरण गर्ने बताए । तराई क्षत्रेमा उत्पन्न समस्या कारण उपभोक्तामा मनोवैज्ञानिक त्रास हुँदा पम्पहरुमा लामो लाइन देखिएको छ । त्यसै कारण तेलको माग दोब्बर भ्एको छ ।त्यसलाई सम्बाधेन गर्न शनिबार पनि पम्पहरुमा तेल पठाउन लागिएको निगमले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग