पर्सा, फागुन २५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ ।
मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् । बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् ।
व्यापारी र आन्दोलनकारीबीचको झडपका कारण वीरगन्जको घण्टाघर क्षेत्र तनाबग्रस्त बनेको छ । व्यापारीले गरेको प्रतिकारमा परी राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल समान्य घाइते भएका छन् ।
व्यापारी र आन्दोलनकारीबीचको भिडन्तलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जको घण्टाघर चोकमा भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ । मोर्चाले आह्वान गरेको दुईदिने मधेस बन्दको आज दोस्रो दिन वीरगन्जमा रहेको बजार, उद्योग, वित्तीय संस्था शैक्षिक संस्था, सवारी साधन सञ्चालनमा आएका छैनन् ।
वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की