एमालेको अभियानले मधेशमा द्वन्द्व बढ्ने ठाकुरको चेतावनी

फागुन २१mahantha-thakur-ji-768x600

काठमाडौं– तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–महाकाली अभियान सञ्चालन गरेकोले भन्दै यसले मधेशमा द्धन्द्ध बढ्ने चेतावनी दिएका छन्।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले भने,‘अहिले मधेश अशान्त अवस्थामा छ, जनतामा आक्रोश छ, ठाउँ–ठाउँमा आन्दोलनहरु भैरहेका छन्, यस्तो अवस्थाम एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ, यसले जनतामा गलत सन्देश प्रवाह भएको छ, यसले वातावरणलाई बिर्गाछ, स्थितिलाई भड्काउँछ, यो अभियानले परिस्थिति असहज बन्छ, अभियानबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एमालेले नै लिनुपर्छ।’ उनले एमालेको अभियानले असहज स्थिति पैदा हुने खतरा औंल्याए।

उनले अहिले आफूहरु शान्तिपूर्ण आन्दोलनमा रहेको भन्दै यदि एमाले लठ्ठी लिएर आए उसले मधेशमा नमस्कार नपाउने टिप्पणी गरे । यद्धपी उनले आफूहरु मधेशमा द्धन्द्ध नभएर शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको स्पष्ट पारे।

उनले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनैपनि चुनाव हुन नसक्ने दाबी समेत गरे ।
अध्यक्ष ठाकुरले संविधान जारी गरेझैं बलजफ्ती गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुने समेत चेतावनी दिए ।

स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदनलाई आफूहरुले पहिलेदेखि नै अस्विकार गरेको बताउँदै भने,‘पूर्नसंरचना गर्दा जनसंख्यालाई ध्यान दिईएन, ५१ प्रतिशत जनताले जम्मा ३५ प्रतिशत पाउने अवस्था छ, तर ४९ प्रतिशतले ६५ प्रतिशत पाउने भएका छन्, यो अवैज्ञानिक र अव्यवहारिक हो, यसलाई सच्याउनुको विकल्प छैन।’

ठाकुरले जनसंख्याको आधारमा पूर्नसंरचना नगर्दा बजेट विनियोजनमा समेत असर पार्ने चिन्ता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमाले देश विकासको अभियन्ता, आधुनिकताको नायकः अध्यक्ष ओली

११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको

नेम्वाङको निधनका कारण एमाले महासचिव पोखरेल चीन भ्रमण छोट्याएर नेपाल फर्किदै

भदौ २६, काठमाडौं– संविधान सभाका अध्यक्ष, पुर्व सभामुख तथा एमाले  उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि नेकपा

एमाले कार्यकारी भूमिकामा ‘एक व्यक्ति, एक पद’ नीति लागू गर्दै

काठमाडौं, भदौ ८ गते । नेकपा (एमाले)ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने

राष्ट्रपतिलाई एजेण्डा सहित वैठक बोलाउने अधिकार छैन: एमाले

भाद्र ५, काठमाडौँ — नेकपा एमालेले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएको

कोशीमा गठबन्धनको सरकार असंवैधानिक: सर्वोच्च

साउन ११, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ । मुख्यमन्त्री

सङ्घीय संसद्को अवरोध खुलाउन तीन दलका शीर्ष नेताबीच सहमति

काठमाडौं, असार  २४ गते । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।