​माधव नेपाल गृह जिल्ला पुग्दा एमाले कार्यकर्ताको ‘भागाभाग’

गौर । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल गृह जिल्ला रौतहट आउँदा आज (आइतबार) दिनभर जसो सदरमुकाम गौर तनावग्रस्त बन्यो । Gaur 2

संविधान संशोधनमा असहयोगी भूमिका निर्वाह गरेको तथा मधेसी भावना विपरित अभिव्यक्ति दिएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताहरु विहानैदेखि एमाले र वरिष्ठ नेता माधव नेपालको विरोध गर्न रौतहट सदरमुकाम गौरमा जम्मा भएका थिए ।

मुख्य सडक र चोक चोकमा टायर बालेर मोर्चाका कार्यकर्ताले नेता नेपालको विरोध गरे ।  पार्टी प्रवेश गर्नेहरुको स्वागत कार्यक्रममा सहभागी हुन नेता नेपाल दिउँसो करिब साढे १ बजे गौर पुगेका थिए ।  माधव नेपाल सहभागी हुने कार्यक्रम स्थल नजिकै रहेका मोर्चाका कार्यकर्ताले ढुंगा समेत प्रहार गरे ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास समेत प्रहार गर्नु पर्यो ।  मधेसी मोर्चा र एमालेका कार्यकर्ताबीचको झडपमा केही सर्वसाधारण र सञ्चारकर्मी समेत घाइते भए । प्रहरीले प्रहार गरेको लाठी लागेर मोर्चाका कार्यकर्ता नन्द किशोर पटेल घाइते भएपछि स्थिति झन उग्र बन्यो ।

करिब १ हजारको संख्यामा भेला भएका मोर्चाका कार्यकर्ताहरुले एमाले कार्यकर्ताको पिछा गर्दै आक्रमण गर्न थाले । जसकारण एमाले कार्यकर्ताहरुले आफूले चढेको भारतीय नम्बरप्लेट बीआर ०६ पी ५४६१ नम्बरको जीप छाडेर भाग्नु पर्यो ।

Gaur 4एमाले कार्यकर्ता भागेपछि मोर्चाका कार्यकर्ताले उक्त जीपमा आगो लगाएर जलाइ दिएका छन् ।  पत्रकार घाइते भएकोप्रति पत्रकार महासंघको आपत्ति घटना सम्बन्धी समाचार संकलनका लागि पुगेका हिमालयन टाइम्स दैनिकका संवाददाता प्रभात कुमार झा घाइते भएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

पत्रकार झामाथि सुरक्षाकर्मीले दुव्र्यवहार गरेका थिए । आन्दोलनका क्रममा पत्रकार घाइते भएको विषयमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आपत्ति जनाएको हो । महासंघले विज्ञप्ती जारी गर्दै समाचार संकलनका लागि गएका पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथिकै हस्तक्षेप भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको