February 23, 2017

नयाँ रहस्यको पर्दाफास, ३४ किलो सुनका महाँनायकहरुमा काठमाण्डौकै व्यापारी

2017-02-23_0939१२ फागुन, काठमाडौं । ३४ किलो सुनकाण्डको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट पक्राउ परेका एक एसएसपीसहित ८ जना माथि अनुसन्धान जारी छ । यसैक्रममा काठमाडौंका केही व्यापारीहरुले भारतीय बजारमा सामान किन्दा भारतीय नगदको साटो सुनबाट भुक्तानी दिने गरेको रहस्य प्रहरीले पत्ता लगाएको छ ।

सुनबाटै व्यापारको भुक्तानी ३४ किलो सुन तस्करीमा ८ जना मालिकहरु संलग्न भएको खुलेको छ । नेपालमा बसेर कारोवार गर्ने चार जना र दुबईमा बस्ने चारजनाको लगानीमा ३४ किलो सुन भित्रिएको सीआइबीको अनुसन्धानबाट खुलेको छ ।

८ जना कारोवारीमध्ये दुईजना भारतीय सुन व्यापारी भएको खुलेको छ । सीआइबी स्रोतका अनुसार सालिमार ज्वेलर्सका सञ्चालक रामकृष्ण गोयल र नेपालमै बसेर सुन व्यवसाय सञ्चालन गरिरहेका भारतीय नागरिक अमोल विभूतिको लगानी भेटिएको छ । पक्राउ परेका उनीहरु बाहेक अन्य ६ जना नेपाली कारोवारीहरु हुन् ।

हुण्डी कारोवार र सुनको धन्दा एक साथ चलाइरहेका तस्करहरुले आफनो व्यवसायको भुक्तानी नै सुनबाट गर्ने गरेको खुलेको छ । ‘सुन तस्करीमा संलग्नहरु सबै आफ्नो व्यापार पनि चलाउँछन्, त्यस्तो व्यापारका लागि विशेष गरी भारतबाट ल्याइएको सामानको भुक्तानी नै सुनबाट गर्ने गरेको भेटिएका छन्’ सीआइबीका एक इन्स्पेक्टरले भने ।

तस्करीको बाटोबाट आएको सबै सुन नेपालमा मात्रै खपत नहुने भएकाले त्यो सुन भारत पुग्ने गरेको हो । भारत पुर्‍याइने सुन काठमाडौंका व्यापारीहरुले व्यवसायिक भुक्तानीका रुपमा बुझाउने गरेको प्रहरीको भनाइ छ । अनुसन्धान अधिकृत भन्छन् ‘दुवईबाट सुन पठाउने मुख्य मालिकले मात्रै नगदमा भुक्तानी लिने गर्दा रहेछन्, त्यसका लागि आवश्यक पैसा दुबईमा संकलन हुन्छ । भारतीय नागरिकसँग हुने कारोवारको भुक्तानी चाँही सुनबाटै गर्ने यिनीहरुको चेन देखिन्छ ।’

दुबईमा बसेका नेपालीहरुको पैसा संकलन गर्ने र त्यही पैसाले उतै सुन खरिद गरेर उनीहरुको पैसा हुण्डीमार्फत नेपाल पठाइदिने गरेको खुलेको छ ।

दुबईमा बसेर कारोवार गर्ने गिरोहसँग सीआईबीको हिरासतमा रहेका काभे्रका रामहरि कार्कीले समन्वय गर्ने गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार कार्कीले दुबईबाट आएको सुन नेपालका व्यापारीहरुसम्म पुर्‍याइदिने जिम्मेवारी लिएका थिए ।

एसएसपी खत्रीमाथि संगठित अपराध अन्र्तगत अनुसन्धान गरिरहेको सीआइबीले अबको केही दिनमै अदालतमा मुद्दा बुझाउने गरी अनुसन्धान गरिरहेको बताएको छ । संगठित अपराधअन्र्तगत ६० दिन थुनामा राख्न पाउने व्यवस्था छ ।

एसएसपी श्याम खत्रीसहित थुनामा रहेका ८ जनाविरुद्ध संगठित अपराध अन्र्तगत मुद्दा बुझाउने अन्तिम तयारी भैरहेको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए ।

तस्करीको धन घर घडेरीमा

सुन तस्करीको आरोपमा तीनजना भरिया र एसएसपीसहित ८ जनाको सम्पतिमाथि पनि अनुसन्धान भैरहेको सीआइबीले जनाएको छ । सीआइबी स्रोतका अनुसार एसएसपी श्याम खत्री, भन्सारका कर्मचारी श्यामु श्रेष्ठ, श्रीनारायण यादव र राजकुमार ढकालको सम्पतिमाथि अनुसन्धान भैरहेको छ ।

एसएसपी श्याम खत्रीको पनि अस्वाभाविक सम्पति देखिएको सीआइबीको अनुसन्धानमा खलेको छ । पक्राउ परेकाहरु सबैविरुद्ध सीआइबीको अनुसन्धानपछि सम्पति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने छ ।

प्रहरीका अनुसार सबैको सम्पति अस्वाभाविक देखिएको छ । सीआइबी स्रोतका अनुसार १९ वर्ष १० महिनादेखि एरपोर्टमै कार्यरत सुब्बा श्याम श्रेष्ठको बैंकमा मात्रै एक करोड नगद देखिएको छ ।

त्यस्तै घर तथा जग्गा पनि अस्वाभाविक देखिएका छन् । अर्का श्रीनारायण यादवको काठमाडौंमा मात्रै कराडौं पर्ने २ वटा घर भेटिएका छन् भने तीन ठाउँमा जग्गा पनि देखिएको छ । त्यस्तै एउटा पाइप उद्योगमा समेत यादवको लगानी भेटिएको छ ।

सीआईबी स्रोत भन्छ ‘पक्राउ परेकाहरु सबैको करोडौंका सम्पतिहरु देखिएका छन्, जुन उनीहरुको जागिरबाट हुने आम्दानीसँग कतै पनि मेल खाँदैन, हामी यसको फेरिस्थ तयार पार्दैछौं ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग