काठमाडौँ, ११ फागुन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही फागुन २४ गतेअगावै सम्पन्न हुने गरी जिल्ला परिषद्को मिति नतोक्न सबै जिविसलाई पत्राचार गरेको छ ।
केही दिनभित्रै अधिकारसम्पन्न स्थानीय तह कार्यान्वयनमा आउने र त्यसको निर्वाचनको मितिसमेत तय भइसकेकाले तत्कालका लागि जिल्ला परिषद् नगर्न पत्राचार गरिएको मन्त्रालयका सहप्रवक्ता मदन कोइराला जानकारी दिए ।
स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै हालको जिविस जिल्ला समन्वय समितिमा परिणत हुने र जिल्लासभा रहने उनको भनाइ छ । समन्वय समितिको कुनै कार्यकारी भूमिका रहने छैन । स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा नियमावली, २०५६ ले प्रत्येक वर्ष फागुन मसान्तभित्र जिल्ला परिषद् सञ्चालन गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । रासस
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग