September 3, 2016

यो साता तीन फिल्म एकसाथ प्रदर्शनमा

laljodi1-354x250१८ भदौ, काठमाडौ । फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका फिल्म हुन ‘लालजोडि’, ब्रासलेट’ र ‘वृन्दावन’ । रोचक कुरा के छ भने ‘लालजोडी’ र ‘ब्रासलेट’ दुबै फिल्मकी हिरोईन रजनि केसी हुन् । त्यसैले पर्दामा यो हप्ता रजनि भर्सेज रजनि भिडन्त परेको छ भने अर्को फिल्ममा शिल्पा पोखरेल एक्शन अबतारमा देखिँदैछिन् ।

लक्ष्मण सुवेदी निर्देशित’लालजोडी’मा रजनिसँगै सानोपर्दामा रुचाईएका कमेडियन कलााकरहरुको बर्चस्व छ । नक्कली बाबुरामकोरुपमा परिचित ज्योति काफ्ले, बुद्धि तामाङ, आयुष्मा कार्की लगायत लिड अभिनयमा छन् ।

यस्तै निर्मल शर्मा निर्देशित ‘ब्रासलेट’मा रजनिसँगै रमेश उप्रेती लिड रोलमा छन् । पारिवारिक प्रेमकथा बोल्ने फिल्मलाई रमेश उप्रेतीको कमब्याकक ोरुपमा पनि लिईएको छ । केशव भट्टराई फिल्मका निर्माता हुन् ।

अर्को तर्फ राजबहादुर शाने निर्देशित ‘वृन्दावन’मा एक्सन अबतारमा प्रस्तुत भएकी शिल्पाले किशोर खतिवडासँग रोमान्स गरेकी छिन् । फिल्ममा बाँदरलाई समेत लिड अभिनयको कलाकार मानिएको छ ।

तीजको छेकोमा एकसाथ प्रदर्शनमा आएका तीन फिल्मले गर्दा दर्शकलाई यो नभए त्यो हेर्ने भन्ने राम्रो विकल्प नेपाली फिल्म नै बनेका    छन् । भने अर्को तर्फ वलिउड फिल्म ‘अकिरा’ पनि प्रदर्शनमा आउँदा सोनाक्षी सिन्हा स्टारर उक्त फिल्मले पनि नेपाी मल्टिप्लेक्समा केहि शो ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको