विचार ब्लग

संविधान संशोधनका लागि तयार छौँः एमाले महासचिव ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेशी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन् । अखिल नेपाल महिला संघले शनिबार यहाँ स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र […]

अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली – लालबाबु पण्डित

काठमाडौं , पौष १२, २०७४ काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले सरकारको नेतृत्व आलोपालो नहुने दाबी गरेका हुन  । उनले पार्टीको अध्यक्षमा ओली बाहेक गठबन्धनमा आवद्ध शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, […]

वामगठवन्धनका पाँच कार्यभारहरू

 राजेन्द्र किराँती मंसिर २९, २०७४  नेपालमा ऐतिहासिक आम निर्वाचन लगभग सम्पन्न भइसकेको छ । खारेजीको केही घटनाको बाबजुद पनि निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । यो चुनावले वामगठवन्धनलाई झण्डै दुई तिहाई बहुमत प्राप्त हुने स्पष्ट सङ्केत देखिएको छ । लामो राजनीतिक सङ्क्रमणको अन्त्य र नयाँ अग्रगामी संविधानको कार्यान्वयन जस्ता आयामहरूको कारण यो चुनाव आफैमा ऐतिहासिक […]

ब्रह्मदत्त काँग्रेस

डा. पुण्यसागर मरहट्टा २०७४ मङ्सिर २७ बुधबार १०:२०:०० विवेचना, आरोप, क्रन्दन र आक्रमण एकैसाथ नेपाली कांग्रेसको शीर्ष नेतृत्वतिर सोझिएको छ । यो स्वाभाविक पनि छ । यसभन्दा स्वाभाविक के छ भने अबका पाँच वर्ष जिम्मेवार प्रतिपक्ष, वैचारिक संगठन र तेजिलो नेतृत्व निर्माणमा आफूलाई समर्पित गर्नसक्छ कांग्रेसले । तर, नेतृत्वको चाहनामा भर पर्छ त्यो । सम्भवतः […]

केपी ओलीको वचनमा घमण्डको संकेत

कृष्णा पौडेल स्थान– ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल परिसर । मिति– ०७४ मंसिर २४ गते आइतबार । अस्पतालको औपचारिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले मेडिकल हबको रुपमा विकास गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । तर, मुुलुकमा संघीयताको सुरुवातको पहिलो खुट्किलो प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको परिणाम नै तातो बहसको विषय भइरहेका बेला ओलीको […]

काँग्रेसले किन बेहोर्‍यो शर्मनाक पराजय

माधव दाहाल   यसपटकको चुनावमा नेपाली काँग्रेसले शर्मनाक पराजय बेहोर्‍यो । काँग्रस यस्तो दयनीय हविगतमा पुग्नुका पछाडि अनगिन्ती कारणहरु विद्यमान रहेका छन् । यति सानो लेखमा ती सबै कारणहरुको समग्ररुपमा ब्याख्या गर्न त्यति सहज हुने छैन । तर, उक्त पार्टीको लज्जास्पद पराजयका निम्ति उसका आन्तरिक कारणहरु नै प्रमुख रुपमा जिम्मेवार थिए भन्नेमा चाँहि कुनै शंका […]

कांग्रेसमा अहंकारको हार

  गोविन्द अधिकारी २०७४ मङ्सिर २५ सोमबार   महाभारतको एउटा उपकथामा बर्बरिक बधको प्रसंग छ । कहिल्यै नहार्ने तर जो कमजोर हुन्छ उसैका पक्षमा लड्ने वर पाएका घटोत्कच पुत्र बर्बरिकलाई कृष्णले युद्धमा सामेल हुनै नदिई छल गरेर मारे । मर्न तयार भएपछि र्बबरिकको आग्रहमा उनलाई महाभारत युद्ध हेर्नसक्ने वर कृष्णले दिए । युद्ध सकिएपछि सोध्दा बर्बरिकले भने […]

शर्मा : वामएकताका लागि पहल गर्दा गृहमन्त्रालय खोसियो

काठमाडौं–वामगठवन्धनको तर्फबाट पश्चिम रुकुमको प्रतिनिधिसभाका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले अल्मपतले वहुमतमाथि शासन गर्ने परम्पराको अन्तका लागि वामएकता पहल गरेको बताएका छन् ।    नेपालमा दुईतिहाई जनमत कम्युनिष्टको पक्षमा हुदाहुदै पनि शासन सत्ता अल्पमतले संचालन गर्ने विडम्वनाको अन्त वामपन्थी एकताले गर्ने उनले बताए ।   रुकुमको वाँफीकोटमा आज भएको चुनावी सभालाई सम्वोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय […]

कमल थापा: निर्वाचनबाट जनताको मुहारमा उज्यालो छर्छौं

हेटौँडा, १८ कात्तिक । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई अनिवार्यरुपमा सफल तुल्याउन प्रमुख दलहरु नै सक्रिय हुनुपर्ने बताएका छन् । उनले राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा शनिबार हेटौँडामा आयोजित दुईदिने प्रशिक्षण प्रशिक्षक शिविरको उद्घाटन गर्दै मुलुकमा राजनीतिक […]

माधवकुमार नेपाल: काँग्रेस विकासको बाधक हो

काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेस विकासको बाधक भएको आरोप लगाएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । उनले काँग्रेसलाई भ्रष्टाचारको बाधको भएको टिप्पणी गर्दै पतनको बाटोमा अघि बढेको उल्लेख गरे । उनले एमाले र माओवादी केन्द्रबीचको एकता स्वभाविक भएको बताउँदै एमाले धेरै चुनौतिहरुमा […]

NOC1ads