‘विकासकाे नमुना प्रदेश नं.१ बाटै सुरू’ : प्रधानमन्त्री अाेली

 प्रधानमन्त्री केपी शर्मा अाेलीले देश विकासकाे नमुना प्रदेश नं. १ बाटै सुरू हुने दावि गरेका छन् । अाज १ नम्बर प्रदेशको प्रदेश सभा बैठकमा संवाेधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासकाे उदाहरण १ नंं प्रदेशबाटै हुने जिकिर गरेका हुन् ।

शनिबार प्रदेशसभा बैठकमा सम्बोधन गर्न प्रधानमन्त्री ओली बिराटनगर अाएका छन् ।

प्रधानमन्त्री अाेलीले सात अाेटै प्रदेशका प्रदेश सभामा सम्बोधन गर्ने कार्यक्रम अनुसार आज १ नम्बर प्रदेशसभामा सम्बोधन गरेका हुन् । उनले बैठकमा बाेल्दै नेपाललाई धनीहरुको देशको रुपमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल अहिलेसम्म गरिब बस्नेहरुको देशका रुपमा चिनिएको भन्दै अब धनी जनता बस्ने देशको रुपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले राष्ट्र निर्माणको महान अभियान लिएर सरकार अघि बढेको भन्दै केही वर्ष भित्र बजेट पुगेन भन्ने गुनासो नै आउन नदिने बताए । अहिलेको सरकार कुराको प्रतिस्पर्धामा नभई कामको प्रतिस्पर्धामा अघि बढ्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट पनि फरक ढंगको भएको बताए । यसअघिका सरकारले राजनीतिलाई केन्द्रमा राखेर बजेट ल्याउने गरेको भए पनि अब दीर्घकालीन सोचका साथ बजेट आएको उनको भनाइ थियो ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार प्रतिपक्षीलाई पेलेर नभई समेटेर अघि बढ्ने पक्षमा रहेको स्पष्ट पारे । उनले दुई तिहाईको सरकार भए पनि देशलाई सर्वसहमतिका आधारमा अघि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक