August 20, 2018

नेकपा सचिबालयको अर्को निर्णय, कार्यदलको म्याद भाद्र ७ सम्म, स्थायी समिति भदौ १९ गते !

bam

 भदौ ४,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठकले कार्यदलको समय थप गरेको छ । कार्यदललाई भदौ ७ गतेसम्म सबै प्रदेशको रिपोर्ट बुझाउन अन्तिमपटक समय थप गरिएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।उनका अनुसार अहिलेसम्म कतिपय प्रदेशबाट नाम आउन सकेको छैन भने आएका पनि विवादित अवस्थामा छन् । त्यसैगरी नेकपाले भदौको ८ र ९ गते बोलाएको स्थायी समितिको बैठक भदौ १९ र २० गतेसम्मका लागि सारिएको छ ।

“कतिपय कार्यदलले समयमा रिपोर्ट प्रस्तुत गर्न सकेनन्,” श्रेष्ठले भने, “भदौ सात गतेसम्म बुझाउन निर्देशन दिइएको छ । जहाँ निर्णय भएको छ । त्यहीअनुसार दिने निर्णय हुन सकेको छैन तर ७ गतेसम्म प्रतिवेदन अनिवार्य रुपमा बुझाउन निर्देशन दिइएको छ । स्थायी समितिको बैठक भदौ ८ र ९ भनेका थियौं भदौको १९ र २० गते बस्ने निर्णय गरिएको छ ।”

उनले ७ वटा प्रदेशका कार्यदलले रिपोर्ट दिइनसकेको बताए । “दुई वटाबाट आएकै छैन । कतिपयबाट पूर्ण छैन । १ र २ नम्बर प्रदेशबाट आएको छैन । अरु प्रदेशबाट सामान्य आएको छ तर कतिपय ठाउँबाट प्रस्ताव आएको छ सहमति भएको छैन । जनसंगठनको केहीको बुझाइएको छ धेरैको आउन बाँकी छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।