अमेरिकामा साइबर संकटकालको घोषणा

जेठ २,वाशिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी साइबर हमलाको अवस्थाबाट अमेरिकी कम्प्युटरलाई बचाउनको लागि भन्दै राष्ट्रिय आपतकाल (संकटकाल)को घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार एक कार्यकारी आदेश जारी गर्दै सो घोषणा गरेका हुन् । उनको यो आदेश अन्तर्गत विदेशी टेलिकम सेवाको उपयोग गर्न प्रतिबन्ध लगाइएको छ । आदेशमा विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा रहेको जनाइएको छ । 

उनले आफ्नो आदेशमा कुनै विदेशी कम्पनीको नाम भने लिएका छैनन् ।  यद्यपि विश्लेषकहरुले राष्ट्रपति ट्रम्पको कदम विशेषगरी चीनको टेलिकम कम्पनी हुवावेतर्फ लक्षित रहेको बताएका छन् । कैयौं देशले चीनको कम्पनी हुवावेका उत्पादनहरुमार्फत निगरानी हुन सक्ने आशंका यसअिघ देखि नै व्यक्त गर्दै आएका थिए । 

यद्यपि हुवावेले भने यो कुरा खण्डन गर्दै आइरहेको छ । उसले आफ्नो कामबाट कसैलाई नोक्सान नहुने र जासुसीको जोखिम पनि नरहेको  बताउँदै आएको छ । ट्रम्पको आदेशको उद्देश्य विदेशी दुश्मनबाट सूचना, सञ्चार र सेवाको उपयोगको माध्यम मार्फत अमेरिकालाई बचाउनु भएको बीबीसीमा प्रकासित समाचारमा जनाइएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल