संविधान दिवस मनाउन आग्रह

काठमाडौँ, असोज २ गते । नेपालको संविधान जारी भएको छ वर्ष पुगेर सातौँ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस (राष्ट्रिय दिवस) तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । सोही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर