उमेदवारको परिवारमाथि आक्रमण

वैशाख २२, जनकपुरधाम: धनुषामा आसन्न स्थानीय तह निर्वाचनका एक उमेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ । नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्ष पदमा उमेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो । गम्भीर घाइते भएका यादवको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको