वर्षाको कारण नेपाल र युएईबीचको खेल रोकियो

असार १०, काठमाडौं: एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिएको छ। मलेसियास्थित किनरारा एकेडेमी ओभलमा भइरहेको खेल वर्षाका कारण रोकिएको हो। पहिल‍ो इनिङ्स सकिएलगतै पानी पर्न थालेपछि खेल प्रभावित भएको हो । यसअघि वर्षाको कारण टस ३० मिनेट ढिला शुरु भएको थियो ।