यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट, ओलीले दिए बधाई
बैशाख १९, काठमाडौँ-नेपालले एसिया कप क्रिकेटमा छनोट भएको छ । एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो । यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे ।