बैशाख , काठमाडौं –नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आम कठोर हमला गरेका छन् । दलीय चुनाव चिन्हका लागि संघर्षरत नयाँ शत्तिःसहितका ६८ दलको अनशन कार्यक्रमको उद्घाटनमा बोल्दै डा.भट्टराईले प्रधानमन्त्री प्रचण्ड पंचायत व्युताउने काममा लागेको गंभीर आरोप लगाएका छन् ।
‘प्रचण्डको नेतृत्वमा बनेको सरकारले पंचायती व्यवस्थाबाट खोसेर ल्याएको अधिकार फेरि खोसेर नयाँ ढंगले पंचायत व्युताउने कामको नेतृत्व अहिले प्रचण्डले गरिराखेका छन् । यो हाम्रो लागि दुख र लज्जाको विषय छ । त्यसैले हामीले शुरु गरेको संर्ष सामन्य छैन । नयाँ ढंगले लोकतन्त्र विरोधी काम आउँदैछ । त्यसैले हामी संघर्षमा छौँ ।’ बाबुरामको भनाई थियो ।
डा.भट्टराइृले दलीय चिन्ह खोस्ने काम प्रतिक्रिान्ति भएको पनि बताए । दलहरुहरुलाई चुनाव चिन्ह नदिनु संविधान विपरित भएको बाबुरामको भनाई थियो । ‘हिजोको सहयात्री साथीहरु जो आज सत्तामा पुगेका छन् । उनीहरुले पुरानै अभ्यास गरेका छन् । हामीले लडेर ल्याएको बहुदलीय प्रजातन्त्र खोस्ने र दलीय पहिचान अन्त गर्ने तथा निर्वाचनमा चुनाव चिन्हसहित जाने संविधानले दिएको अधिकार खोस्ने दुस्साहस उनीहरले गरेका छन् ।’ डा.भट्टराईले भने, ‘त्यसकारण यो एक किसिमको प्रतिक्रिान्ति नै हो । पछाडिबाट अनुहार कमल थापाको देखेका छौँ । उनले ०४६ र ०६२–०६३ सालको आन्दोलनमा लोकतन्त्रका पक्षपातीहरुमाथि लाठी बर्साउने कमल थापा अहिले सत्ताको मुख्य केन्द्रमा रहेका छन् । यो भन्दा ठूलो प्रतिक्रान्तिको नमुना के हुन सक्छ ? प्रतिक्रान्तिको यो लाइनमा तपाईं हामीले सवैभन्दा क्रान्तिकारी भनेर बुझेको मान्छे प्रचण्ड उभिएका छन् ।’
घोषित स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै ६८ दलले संयुक्त संघर्ष जारी राखेका छन् । नयाँ शक्ति पार्टीलगायत दलीय चुनाव चिन्हबाट बञ्चित गरिएको भन्दै वैशाख २ गतेदेखि ८ गतेसम्म दलहरुले रत्नपार्कस्थित शान्तिबाटिकामा रिले अनसनको कार्यक्रम बनाएका थिए । त्यहीँ अन्तगर्त आजबाट डा.बाबुराम भट्टराईसहितका ६८ राजनीतिक दलका शीर्ष नेता आजबाट अनशनमा बसेका छन् ।
नयाँ शक्तिले दलीय चुनाव चिन्हलाई प्रतिष्ठाको विषय बनाएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको