अन्तर्राष्ट्रिय विमानस्थलमा महिलाको गुप्ताङ्गमा फेला पर्‍यो कसैले नसोचेको पदार्थ

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो तथा महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड गौचरणको संयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षबाट अवैध लागूऔषध चरेससहित दुई जना टर्किस नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कतार एयरलाइन्सको उडान मार्फत कतार हुँदै टर्की जान लागेकी टर्किस नागरिक राहदानी नम्बर यु१३९६३८०८ बाहक २४ वर्षीया सुसोए सिलेन र अर्का टर्किस नागरिक राहदानी नम्बर यु१३९६४८७० बाहक २९ वर्षीय इरगुने केमल रहेका छन् ।

चेकजाँचको क्रममा निज सिलेनले लगाएको ब्राभित्र सेतो पातलो प्लाष्टिकले बेरेको अवस्थामा लागूऔषध चरेस ४८.५ ग्राम र उनले लगाएको पेन्टीभित्र गुप्तांगको भागमा पातलो सेतो प्लाष्टिकले बेरेको अवस्थामा लागूऔषध चरेस २५३.५ ग्राम गरी जम्मा ३ सय २ ग्राम चरेश बरामद भएको थियो । त्यसपछि प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्दा केमल समेतले सँगै खरिद गरेको भनी खुलाएकीले विमानस्थल प्रस्थान कक्षभित्रको अन्तिम गन्तव्य कक्षमा फेला पारी केमललाई समेत प्रहरीले पक्राउ गरेको हो ।

केमलले स्टेरलाईज्ड क्षेत्रभित्र रहेको फोहर फाल्ने डस्टबिनमा चरेश फालेको खुलाएपश्चात मंगलबार फोहर फाल्ने डस्टबिनबाट सेतो पातलो प्लाष्टिकले बेरेको अवस्थामा लागू औषध चरेस १ सय ५९ ग्राम बरामद भएको छ । लागू औषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख एसएसपी धिरु बस्न्यातले उनीहरु उपर लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको बताए ।

एसएसपी बस्न्यातले विशेष सक्रियताका साथ निज विदेशी अभियुक्तहरुको विगतमा हुन सक्ने आपराधिक गतिबिधि बारेमा बुझ्न सम्बन्धित देश र अन्तर्राष्ट्रिय स्तरका लागु औषध अनुसन्धान सरोकार निकायहरु इन्टरपोलमा समेत आवश्यक समन्वय गरिएको बताए । आजको राजधानी दैनिकमा खबर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका