पर्सा, ३० चैत । वीरगन्जको आदर्शनगरस्थित स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको क्षति पुगेको छ ।
वीरगन्ज उपमहानगरपालिकाको वडा नं १० आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा मंगलबार अपराह्न आगलागी हुँदा करोडौँको धनमाल जलेर नष्ट भएको हो ।
अपराह्न ३ः३० बजेबाट सुरु भएको आगलागी बेलुका ६ः३० बजेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगलागीलाई वीरगन्ज उपमहानगरपालिको बारुणयन्त्रबाट नियन्त्रण हुन नसकेपछि बाराको सिमरा, कलैया, चन्द्रनिगाहपुर, मकवानपुर समेतबाट बारुणयन्त्र वीरगन्ज बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
आगलागीमा परी भएको क्षतिको यकीन विवरण आउन नसके पनि करोडौँको नोक्सान भएको प्रहरीले अनुमान गरेको छ । आगलागीमा परी कम्तीमा सात÷आठ करोडको नोक्सान भएको उद्योगका सञ्चालक राजकुमार गुप्ताले दाबी गर्नुभयो । उहाँले एक÷दुई दिन अगाडि भारतबाट उद्योगका लागि रु चार करोडको कच्चापदार्थ र तयारी भाडा आयात गरिएको जानकारी दिनुभयो ।
उद्योगमा लागेको आगोलाई नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागेको प्रहरीले जनाएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका