चैत्र २९, कैलाली । नुहाउँने क्रममा सेती नदिमा डुबेर दुई जनाको मृत्यु भएको दुई साता नबित्दै फेरि दुई जना बेपत्ता भएका छन ।
सेती प्राबिधिक शिक्षालयका भवनहरु मर्मतसम्भारको काम गरिरहेका दुई जना युवक मंगलबार दिउँसो करिव साढे १२ बजे सेती नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
नदीमा नुहाउने क्रममा बेपत्ता हुनेहरुमा महोत्तरी जिल्ला साबिकको बर्दिबास नगरपालिका बस्ने १९ वर्षीय बिशाल श्रेष्ठ र काभ्रे जिल्ला गैरीबिसौनाका २२ वर्षीय कृष्णप्रसाद दङ्गाल रहेका छन ।
बेपत्ता युवकहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले जानकारी दिए ।
यसअघि चैत्र १५ र १६ गते नदीमा बेपत्ता भएका दुई युवाहरु चार दिनपछि मृत फेला परेका थिए ।
कैलाली जिल्ला अत्तरिया नगरपालिका-१३ घर भई डोटीको दिपायलमा दिदीलाई भेट्न आएका अन्दाजी १९ वर्षीय निराजन बोहरा र भारतको उत्तर प्रदेश घर भई डोटी बिमानस्थलको स्तरोन्नतीको काममा जेसिबीका सञ्चालक बिनोद कुमार नदीमा नुहाउने क्रममै बेपत्ता भएका थिए ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका