क्यालिफोर्निया, २९ चैत । अमेरिकाको क्यालिफोर्नियामा एक प्राथमिक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध चलाएको गोली लागी तीन जनाको मृत्यु भएको छ ।
क्यालिफोर्नियाको सान बर्नाडिन्होमा रहेको प्राथमिक विद्यालयको कक्षा कोठामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित तीन जना मारिएको स्थानीय प्रहरीले जनाएको छ । आक्रमणकारीले कक्षा कोठामा अध्यापन गराइरहेकी शिक्षिका र बालबालिकालाई गोली हानेका थिए ।
शिक्षिका गोली प्रहार गर्ने व्यक्तिको श्रीमती रहेको प्रहरीले जनाएको छ । गोली लागेर शिक्षिका र उनको पछाडी रहेका दुई बालबालिका गम्भीर घाइते भएकोमा ८ वर्षका बालकको मृत्यु भएको छ ।
अरुलाई गोली हानेपछि आक्रमणकारीले आफैलाई पनि गोली हानेका थिए । प्रहरीले घटनालाई हत्या र आत्महत्या रहेको बताएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान