२९ चैत, एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाको मार ए लोगो रिसोर्टमा खडा गरिएको व्यक्तिगत हेलिकप्टरले आशंका जन्माएको छ। ट्रम्पले सो हेलिकप्टर नियाल्न सक्छन् तर त्यसमा उडान भर्न सक्दैनन् । राष्ट्रपति भएपछि सुरक्षा प्रोटोकलको कारणबाट उनलाई व्यक्तिगत हेलिकप्टरबाट उडान भर्ने अनुमति छैन । तर उनको क्लब मार ए लोगोमा सो हेलिकप्टर ल्याण्ड गरिदाँ आशंका जन्मेको खबर अन्तराष्ट्रिय मिडियाले खबर छापेका छन्।
सिक्रेट सर्भिसका अनुसार सुरक्षा प्रोटोकलको कारण ट्रम्प अमेरिकी राष्ट्रपति चढ्ने विमान एयर फोर्स वानबाट उडान भर्न सक्छन्। वा मरिक वान नामक हेलिकप्टरबाट मात्र उडान भर्न सक्छन् ।
ट्रम्पको प्राइभेट हेलिकोप्टर ‘सिरोस्की एन – ७६’ मा ट्रम्पको नाम रातो रंगमा ठुलो अक्षरमा लेखिएको छ । साथै यसको इन्टेरियर विशेष तरिकाले डिजाइन गरिएको छ। ट्रम्पसंग यस्ता दुइवटा हेलिकप्टर रहेका छन् ।
आइतवार उनको प्राइभेट हेलिकप्टर मार ए-लोगोमा बनेको नयाँ हेलिप्याडमा देखा परेको केहि समयमै गायब भएको थियो । ह्वाइट हाउसले हेलिकप्टर त्यहाँ पार्किङ गर्नुको कारणबारे सोध्दा उनले यसबारे कुनै जवाफ दिएनन् ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान