संसद्को अहिलेसम्मकै लामो अधिवेशन

BICC-Nepal२९ चैत, काठमाडौं । व्यवस्थापिका संसद्को सबैभन्दा लामो अधिवेशन अहिले चलिरहेको छ । चालू बर्खे अधिवेशनमा १२६ वटा बैठक बसिसकेको छ । अझै कति बैठक बस्ने हो रु टुंगो छैन ।

२१ वैशाख २०७३ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न तत्कालीन एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अधिवेशन बोलाएको थियो । तर, सोही अधिवेशनका क्रममा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन भयो । कांग्रेस–माओवादी गठबन्धनको सरकारले झन्डै एक वर्षदेखि बर्खे अधिवेशन अन्त्य गर्न चाहेको छैन ।

संसद्कै इतिहासमा चालू अधिवेशन सबैभन्दा लामो बनेको संसद् सचिवालयका कर्मचारीहरु बताउँछन् । संसद् सचिवालयका सहप्रवक्ता डिल्लीराम रिज्यालले सरकारले अधिवेशन अन्त्य गर्ने कुनै योजना नल्याएको कारण लम्बिरहेको जानकारी दिए । संसद्को बैठक आह्वान गर्ने र अन्त्य गर्ने अधिकार सरकारसँग रहन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका