देउवाले भने-टुक्काले देश बन्ने भए कलाकारलाई पार्टी अध्यक्ष बनाए भयो

Congress-1-768x460२७ चैत, धनगढी । नेपाली कांग्रेसको पहिलो चुनावी सभामा सभापति शेरबहादुर देउवा प्रमुख विपक्षी एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् ।

 

प्रदेश नम्बर ७ मा पर्जे कैलालीको अत्तरियामा आयोजित सभामा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सम्बोधन गरे ।

एमालेप्रति आक्रमक रुपमा प्रस्तुत भएका देउवाले एमाले गैरजिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाए । ‘एमाले जस्तो जिम्मेवार पार्टीले विभिन्न जातजाति र भाषाभाषीलाई फुटाउन खोजेको छ’ देउवाले भने, ‘मधेसलाई छाडेर देश बन्दैन ।’

एमाले अध्यक्ष केपी ओलीको नाम लिँदै उनले भने, ‘उखान टुक्काले देश बन्ने भइ कलाकारलाई नै पार्टी अध्यक्ष बनाए भयो । ओलीभन्दा राम्रा कलाकार धेरै छन् ।’एकता र मेलमिलाप मुलुकको वर्तमान आवश्यकता रहेको भन्दै उनले उखान टुक्का हालेर जनता भड्काउने काम नगर्न सचेत गराए ।

सुदूरपश्चिममा थारु र पहाडी समुदायबीच द्वन्द्व निम्त्याउने काम भएको भन्दै उनले मिलेर बस्नुको विकल्प नभएको बताए । जंगबहादुरले अंग्रेजसँग पैसाको साटो भूमि मागेको स्मारण गर्दै सभापति देउवाले भने, ‘यो सबैको हो ।’

मुलुकको विकास गर्ने र अन्तराष्ट्रिय समुदायले विश्वास गर्ने एकमात्र पार्टी कांग्रेस भएको भन्दै उनले कांग्रेसलाई वहुमत दिन अपील गरे ।

 

वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले प्रतिपक्षको भूमिका भन्दा द्वन्द्व निम्त्याउन लागेको आरोप लगाए । पार्टीभित्रको गुट उपगुट अन्त्य गरी पार्टीलाई एक ढिक्का वनाए मात्रै निर्वाचनमा वहुमत आउन सक्ने भन्दै उनले यसतर्फ सचेत रहन नेता कार्यकर्ताहलाई निर्देशन दिए ।

महामन्त्री शशांक कोइरालाले मतभेदहरुलाई थाति राख्दै निर्वाचनमा एक भएर लाग्न आग्रह गरे । साथै पार्टीको उम्मेदवारविरुद्ध जानेलाई कारबाही गर्ने चेतावनी दिए ।

कांग्रेस कैलालीका सभापति नरनारायण शाहको अध्यक्षतामा भएको आमसभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरु एनपी साउद, ईश्वरी न्यौपाने, वद्री पाण्डे, रमेश लेखक लगायतले सम्बोधन गरे । कार्यक्रममा सहभागी हुन सुदूरपश्चिमका नौ जिल्लाबाट कांग्रेसका नेता तथा कार्यकर्ता कैलालीको अत्तरियामा भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन