September 5, 2016

हुम्लालाई मानसरोबरको प्रवेशद्वार बनाउँछु : मन्त्री शाही

  • download (1)धनन्जय बुढा
१८ भदौ, काठमाडौँ ।  पर्यटनमन्त्री जीवनबहादुर शाहीले हुम्लालाई मानसरोबरको प्रवेशद्वार  वनाउने वाताएका छन् । शाहीले आफ्नो कार्यकालभित्रै हुम्लालाई पवित्र तिर्थस्थल कैलास मानसरोबरको मुख्य प्रवेशद्वारा बनाउने बताएका हुन ।  शनिबार काठमाडौँमा हुम्ला समाजले अयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले सो कुरा बताएका हुन् ।  कार्यक्रममा मन्त्री शाहीले २०४६ सालपछि हुम्मला जिल्लाले कुनैपनि क्याविनेट मन्त्री नपाएको भन्दै हुम्ली जनताले त्यो सपना पूरा भएको बताए । 
मन्त्री शाहीले आफ्नो कार्यकालमा कर्णालीकै पर्यटन सम्भावनलाई मुर्त रुप दिने भन्दै ‘अहिलेसम्म मन्त्री पदको दुरुपयोग गरेर घुसखोरी र माफियातन्त्र स्थापना गर्ने विरुद्ध लड्नेछु । हुम्ली जनताको शिर सधै ठाँडो बनाईराख्ने छु’ उनले भने ।  अर्को प्रसंगमा विदेशी खादामाथि प्रतिबन्ध लगाउने निर्णय अर्को निर्णय नहुँदासम्म कार्यन्वयन नगर्ने भन्दै बरु सस्तो मुल्यमा नेपालमै खादा उत्पादन गर्नुपर्ने बताए ।
मन्त्री शाहीले हुम्लाका जनताले सामुहिक रुपमा राजधानिको वौद्धमा नाम्खा ख्युङ्गजोङ गुम्बा स्थापना गर्नका निमित्त गरेको प्रयत्नमा सकारात्मक भएको भन्दै यसकालागि  मन्त्रालयबाट रकम निकासा गर्ने बताए ।  त्यसैगरी कार्यक्रममा हुम्लाकी सांसाद रीता शाहीले आफनो पक्षबाट जति सक्दो सहयोग गर्ने बताइन । हुम्लाका पूर्व जिविस सभापति लाल शाहीले हुम्ली जनताको सकारात्मक पहलमा आफनो समर्थन रहेने बताए । नेपाली काग्रेस हुम्ला जिल्ला सभापति जयपति रोकायाले पहिलो पटक हुम्लाले पाएको अबसरलाई भरपुर सदुपयोग गर्नुपर्ने बताए । नाम्खा ख्युङ्गजोङ गुम्बा  विनियम उपसमितिका अध्यक्ष राप्दन लामाले जिवनबहादुर शाहीले हुम्लाको मुहारलाई फेर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै सो समितिका सचिव अंगबहादुर लामाले हुम्लाबाट काठमाडांै आउने जनताको सहायताका निम्ति गुम्बा स्थापना गर्नुपर्ने धारणा राखे । सो समितिका सदस्य धनबहादुर लामाले हुम्ला जिल्ला जिल्लालाई गरिबी, भोकमरी र पिछडाको उपमाले परिचीत भएपनि अब अफुुलो यो परिचयलाई स्वर्गको टुकुरोमा बदल्नसक्ने क्षमता हुम्ली जनतमा रहेको बताए । त्यस्तै समितिका कुञ्छाङ लामा र चन्द्रवीर लामाले पनि आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने