March 30, 2017

भूकम्पपीडितलाई चुनावपछि ट्याक्सी

चैत १७ ,भूकम्पपीडितलाई दिन लागिएको ट्याक्सीको नतिजा स्थानीय तहको निर्वाचनपछि मात्र सार्वजनिक हुने भएको छ । यसअघि आगामी २६ चैतमा नतिजा सार्वजनिक गर्ने तालिका थियो । आजको नया पत्रिकामा खबर छ ।

निर्वाचन आचारसंहिताका कारण नतिजा स्थगित गर्न लागिएको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ । विभागले २६ चैतमा गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिसकेको थियो । तर, त्यसमा निर्वाचन आयोगले त्यसमा पनि अचारसंहिता लाग्ने भन्दै चासो दिएपछि सार्न लागिएको हो । विभागले बिहीबार यससम्बन्धी निर्णय गर्दै छ ।

भूकम्पले धेरै क्षति पुर्याएका १४ जिल्लाका सर्वसाधारणलाई गोलाप्रथाको माध्यमबाट सरकारले नयाँ ट्याक्सी दर्ता गर्ने सुविधा दिन लागेको हो । १५ सय ट्याक्सी नम्बरका लागि एक लाख ४९ हजारले आवेदन दिएका छन् । आवेदन दिने सबैको नाम रहेको पुस्तक प्रकाशन गरिने र त्यसलाई १४ जिल्लाकै जिल्ला प्रशासन, मालपोत तथा प्रहरी कार्यालयमा पठाएर रुजु गरिसकेको छ ।

नतिजा सार्वजनिक गर्न विभागका निर्देशक सोम फुँयालको संयोजकत्वमा एक समिति गठन गरिएको थियो । भूकम्पपीडितलाई राहतस्वरूप सरकारले ट्याक्सी नम्बर दिन लागेको हो । सरकारले ट्याक्सी दर्ता लामो समयदेखि रोक्दै आएको छ । गोलाप्रथामा छनोट हुनेले ट्याक्सी नम्बर मात्र पाउनेछन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका