ओलीलाई भेट्नु अघि नै भारतीय राजदूतले देउवासँग भेटेको खुलासा

Deuba-1काठमाडौँ, १५ चैत । भारतीय राजदूत मन्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु अघि नै काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको खुलासा भएको छ ।

शनिबारमात्रै काठमाडौँ आइपुगेका भारतीय राजदूत पुरीले सोमबार एमाले अध्यक्ष ओलीलाई एमाले संसदीय दलको कार्यालयमा भेट गरेका थिए । भेटलाई पहिलो राजनीतिक भेटका रुपमा ब्याख्या गरिएको थियो । ओलीसँगको भेटमा संचारमाध्यमलाई समेत बोलाइएको थियो । तर, ओलीलाई भेट्नुअघि नै राजदूत पुरीले काँग्रेस सभापतिसँग ‘डिनर’ भेटवार्ता गरेको खुलासा भएको हो । देउवासँगको भेटवार्तालाई भने अहिलेसम्म पनि गोप्य राखिएको छ ।राजदूत पुरीले अघिल्लो दिनको राति  नै देउवासँग उनले गोप्य भेटवार्ता गरेका हुन् । आइतबार साँझ भएको भेटवार्ता डिनरसहित थियो ।

स्रोतका अनुसार, भारतीय राजदूतले भेटका लागि देउवासँग आइतबार दिउँसो दुई बजेको समय मागेका थिए । तर, देउवा दिनभर काँग्रेस केन्द्रीय समितिको बैठकमा भएका कारण भेट सम्भव भएन । आइतबार काँग्रेसको बैठक सकिनासाथ देउवाले भारतीय राजदूतलाई आफ्नै निवासमा निम्ता दिएका हुन् । उनले राजदूत पुरीलाई आफ्नो निवासमा भव्य स्वागत गरे । तर, भेटवार्ता बारे न त भारतीय दूतावासले सार्वजनिक गर्यो, न त देउवाको सचिवालयले नै कसैलाई जानकारी दिइयो । यतिसम्म कि देउवाको निजी सचिवालयले समेत भेटवार्ताको बारेमा जानकारी दिन चाहेन ।

पहिलो भेट ओलीसँग भएको खबर बाहिर आएपछि मात्र भारतीय दूतावास बोलेको हो । भारतीय दुतावासकी प्रवक्ता रुवी जयप्रीत शर्माले देउवासँग राजदूत पुरीले निवासमै पुगेर भेटवार्ता गरेको पुष्टि गरेकी हुन् । देउवा र भारतीय राजदूत पुरी पुराना मित्र समेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका