March 27, 2017

काँग्रेस केन्द्रीय समिति बैठक भोलि पनि

काठमाडौँ, १४ चैत । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नेक्रम आज पनि नसकिएपछि बैठक जारी रहेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, उमाकान्त चौधरी, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, नवीन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, धनराज गुरुङ, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, रत्न शेरचन, शङकर भण्डारी, ईश्वरी न्यौपाने, पार्वता डिसी चौधरी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, विश्वप्रकाश शर्मा, रमेश लेखक र किरण यादवले आफ्नो धारणा राख्नुभएको थियो ।

आइतबारदेखि सुरु भएको बैठकले यसअघि सभापति देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरिसकेको छ भने पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समितिसमेत गठन गरिसकेको छ ।

बैठक भोलि चैत १५ गते बिहान ११ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान